सहकारी पारदर्शी र व्यवस्थित बन्नुपर्छ : मन्त्री बस्नेत


काठमाडौं, माघ ६ । साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को प्रधान कार्यालयको चुच्चेपाटीमा उद्घाटन भएको छ । दश वर्ष अगाडी काठमाडौंको स्रोह्रखुट्टेबाट कारोबार सुरु गरेका संस्थाले चावहिलको चुच्चेपाटीमा एक समारोहकाबिच आफ्नो प्रधान कार्यालयको औपचारिक उद्घाटन गरिबी निबारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतद्वारा गराएको हो ।

 

संस्थामा २ सय ४० शेयरसदस्य, शेयर पूँजी २ करोड, चुत्ता पूँजी १ करोड र कारोबार ७ करोड रहेको को–अपरेटिभका कोषाध्यक्ष गोबिन्द कार्कीले जानकारी दिनुभयो ।

 

गरिबी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको कुरामा जोड दिुभयो । साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को प्रधान कार्यालयको उद्घाटनका प्रमुख अतिथि समेत रहेकी मन्त्री बस्नेताले सहकारी ऐन २०७४ कार्यान्वयनमा आईसकेकाले अब सहकारी संस्थाहरु व्यवस्थित भई सकेको बताउनुभयो ।

 

जनमानसमा रहेको भ्रमलाई चिर्दै यस ऐनले जनताको बचत र सहकारीको लगानी दुवै पक्षको सुरक्षाको ग्यारेण्टी गरेको बताउनुभयो । उहाँले सहकारीले रोजगारीको सृजना गरि बढ्दो वैदेशिक रोजगार घटाउनुका साथै रोजगार सृजनामा समेत टेवा पुगेको बताउनुभयो । उहाँले नेपाल रेमिटान्स्ले नै धानेको उल्लेख गर्दै सहकारीलाई अझै पारदर्शी र व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।

 

मन्त्री बस्नेतले सहकारीमा सञ्चालक र शेयरसदस्यबीच अन्तर रहेको बताउँदै उहाँले यसलाई अन्त गर्न शेयरसदस्यलाई संस्थाप्रति आफ्नो अपनत्वको वातावरण बनाउन आग्रह गर्नुभयो ।

 


मन्त्री बस्नेतले सहकारीले गाउँदेखि शहर सम्म साना ठूला व्यक्ति तथा संस्था सबैलाई वित्तिय संस्थामार्फत कारोबार गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

 

कार्यक्रममा पूर्व मन्त्री तथा सांसद गगन थापाले सहकारीलाई नेपालको अर्थतन्त्रलाई चलायमान राख्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले संख्यात्मक भन्दा गुणस्तरीय सेवा दिनुपर्ने उल्लेख गर्दै सहकारीले परिवर्तित परिस्थिति अनुसार सेवा सञ्चालन र विस्तार गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो ।

 

प्रदेश सभा सदस्य नरोत्तम वैद्यले वित्तीय संस्था मार्फत कारोबार गर्दा अर्थतन्त्र चलायमान हुने भएकाले घर–घरमा धन संचित गरी राख्न नहुनेमा जोड दिंदै सबैले वित्तीय संस्था मार्फत कारोबार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा को–अपरेटिभ का कोषाध्यक्ष गोबिन्द कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै सबैको विश्वास जित्दै संस्था यो अवस्थामा आएको बताउनुभयो ।

 

यसले आगामी दिनमा काठमाडौंभर सेवा केन्द्र विस्तार गर्दै शेयसदस्यलाई बढी भन्दा बढि लाभांश वितरण गर्ने, पारदर्शी र छिटो छरितो, आधुनिक प्रविधिबाट ग्राहकलाई सेवा दिने सहकारीको लक्ष्य रहेका जानकारी दिनुभयो । सहकारीका अध्यक्ष सानु मैयाँ श्रेष्ठले संस्थालाई विश्वास गरि आर्थिक कारोबार गरिदिनुहुन आग्रह गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर