बेलायतमा सहकारीकर्मीको भ्रमण


राष्ट्रिय सहकारी महासंघ, नेपालको आयोजनामा सन् २०१८ को २२ देखि २४ जनवरीसम्म हुने Study Visit Program in UK मा सहभागीका लागि जान लाग्नु भएका सहकारीकर्मीहरुको अभिमुखिकरण कार्यक्रम महासंघका अध्यक्ष  केशव प्रसाद बडालज्यूको समुपस्थितिमा सम्पन्न भएको छ । सो अध्ययन अवलोकन भ्रमणको राष्ट्रिय सहकारी महासंघका संचालक चन्द्रप्रसाद ढकालले नेतृत्व गर्नुभएको छ । सो टोलीमा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलको समेत सहभागिता रहेको छ । भ्रमण टोलीमा स्टार बहुउद्देश्यी सहकारी संस्थाकी भरोषा पाण्डे पोखरेल, राष्ट्रिय सहकारी बैंक लि।की हिमा मैनाली पोखरेल, मनोजकुमार दास, राजकुमार विष्ट, गणेबहादुर बुढाथोकी हुनुहुन्छ । टोलीलाई महासंघका अध्यक्ष बडाल, महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंक लि।का अध्यक्ष रमेश पोखरेलले विदाई गर्नुभएको थियो । यस अघि सन् २०१७ को ७ देखि ८ अगष्टसम्म युकेको सहकारी अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको थियो । ऋषिकेश लामिछाने


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग