मौरीपालन केन्द्रीय संघमा नयाँ नेतृत्व
काठमाडौं । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले अर्जुन पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा जानुका थापा, महासचिवमा शम्बुबहादुर कार्की, कोषाध्यक्षमा बासु घिमिरेे निर्वाचित हुनुभएको छ ।
सञ्चालकमा खेमराज घिमिरे, इमनाथ पोखरेल, गणेशप्रसाद अधिकारी, रोशन पण्डित, डिमराज पोखरेल, राजन पराजुली, शिवप्रसाद पाण्डे, मणि गिरी, चिरञ्जीवी भण्डारी, राधिका कटुवाल कार्की, मोहराज उपाध्यक्ष निर्वाचित हुुनुभएको छ ।
लेखा सुपरीवेक्षण समितिको संयोजक निर्मल त्रिपाठी, धर्मराज न्यौपाने, मञ्जु न्यौपाने निर्वाचित हुनुभएको छ ।
