अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष नेपाल आउने
काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्को नेपाल आउनुहुने भएको छ । दोस्रो सहकारी महासम्मेलनको अवसरमा ग्वार्को नेपाल आउन लाग्नुभएको हो । राष्ट्रिय सहकारी महासंघले आगामी चैत २१ र २२ गते काठमाडौंको होटल सोल्टीमा महासम्मेलनको आयोजना गरेको छ । महासम्मेलनमा अन्य अन्तराष्ट्रिय प्रतिििनधि पनि आउने भएका छन् ।