सल्लाहकार, सञ्चालक तथा सम्पादक सम्मानित
काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्थाका सल्लाहकार, सञ्चालक र सदस्य सम्मानीत भएका छन् । संस्थाले एक कार्यक्रमको अवसरमा तीनजनालाई सम्मान गरेको हो ।
संस्थाका सल्लाहकार ओमदेवी मल्ल अन्तराष्ट्रिय सहकारी महासंघमा नेपालकोतर्फबाट ग्लोबल सदस्यमा निर्वाचित भएको भन्दै संस्थाले सम्मान गरेको हो । मल्ल राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षसमेत हुनुहुन्छ ।
संस्थाका सञ्चालक शरदकुमार महर्जन जिल्ला बहुउद्देश्यीय सहकारी संको अध्यक्षमा निर्वाचित भएको भन्दै सूचना चौतारीले सम्मान गरेको हो । त्यस्तै संस्थाका सदस्य एवम् सहकारी नेपाल डटकमका सम्पादक तुलसी सुवेदी नेपाल सहकारी पत्रकार समाजको सचिव पदमा निर्वाचित भएको भन्दै संस्थाले सम्मान गरेको हो ।
यो पनि पढ्नुहोस्
तनाव व्यवस्थापन गर्न सके व्यावसायिक सफलता