जाँदाजाँदै सहकारी मन्त्रीले गरिन् नियमावलीको प्रारम्भिक मस्यौदामाथि छलफल


काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन,२०७४ लाई कार्यान्वयन गर्नका लागि अत्यावश्वक पर्ने नियमावलीको प्रारम्भिक मस्यौदामाथि सहकारी अभियानका सरोकारवालाहरुसंग छलफल आरम्भ गरेको छ ।

 

मन्त्रालयले मन्त्री अम्बिका बस्नेतको अध्यक्षतामा फागुन ३ गते सिंहदरबारमा सम्भाव्य नियमावलीमाथि छलफल सुरु गरेको हो । यद्यपि आजैबाट अम्बिका बस्नेत पदमुक्त हुनुभएको छ । ऐन ल्याउने क्रममा मन्त्री बस्नेतले नियमावली पनि आफ्नै कार्यकालमा आउने दाबी गर्दैै आउनुभएको थियो । तर नियमवालीको सुरुवात भने गर्नुभएको छ ।

 

 

सो कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रवेश गरेका दिनदेखि नै आफूले सबै सरोकारवाला सहकारीकर्मीहरुको सहयोग पाएको विचार व्यक्त गर्दै सहकारी ऐन २०७४ लागु भइसकेको सन्दर्भमा नियमावली बनाउन अनिवार्य भएकाले सहकारी अभियानका अगुवा र सरोकारवालाहरुसंग छलफल आरम्भ गरेको स्पष्ट पार्नुभयो ।साथै उहाँले आफ्नो कार्यकालमा नयाँ ऐन जारी भएकाले नियमावली समेत जारी गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

 

देशको तीनखम्बे अर्थनीतिको एक खम्बाका रुपमा सहकारी रहेकोले यस क्षेत्रले पनि समृद्ध मुलुक निर्माणका लागि जिम्मेवार भूमिका निर्वाह गर्नु जरुरी रहेको बताउँदै उहाँले सहकारीकर्मीहरु पनि प्रचलित ऐन÷कानूनको अधिनमा बस्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।

 

सोही छलफल कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले सहकारी ऐन २०७४ जारी गर्नमा उल्लेखनीय भूमिका निर्वाह गर्नु भएकोमा मन्त्री बस्नेतलाई बधाई दिंदै संविधानको भावना अनुकूल नियमावली आउनु पर्ने र प्रस्तावित नियमावलीको मस्यौदा तयार भएर छलफलमा ल्याएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले सो मस्यौदालाई थप छलफलका लागि सरोकारवालाहरु समक्ष लैजान आग्रह गर्नुभयो ।

 

सो छलफल कार्यक्रममा सो मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियानको भावना र सुझावका आधारमा नै सहकारी नियमावली आउने विचार व्यक्त गर्दै कानूनी दृष्टिकोण र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर तयार गरिने नियमावलीमाथि सरोकारवालाहरुसंग तर्कसंगत गहन छलफल गरेर मात्र अन्तिम टुङ्गो लगाइने आश्वासन दिनुभयो । साथै उहाँले सो नियमावलीको मस्यौदामाथि गहन छलफल गरी १५ दिन भित्र रायसुझावसहित पठाउन समेत आग्रह गर्नुभयो ।

Image may contain: 13 people, people smiling, people standing, wedding and suit
सो छलफल कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेल, सहकारी विभागका रजिष्ट्रार केशव प्रसाद रेग्मी, महासंचका संचालकहरू सुरेन्द्र भण्डारी, माधव दुलाल, टिका वुढाथोकी, मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, राष्ट्रिय सहकारी बैंक लगायत विषयगत केन्द्रीय सहकारी संघका पदाधिकारीहरू तथा सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो छलफल कार्यक्रमको समापनसंगै सोही सभाहलमा सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतका लागि बिदाई कार्यक्रमको आयोजना गरिएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर