ऋषिराज घिमिरे एशियाली ऋण महासंघको अध्यक्ष पक्का


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरे एशियाली ऋण महासंघ(अक्कु)को अध्यक्ष बन्ने पक्का भएको छ। अक्कुका वर्तमान अध्यक्ष कोरियाली नागरिक मुन प्रतिनिधि आएको संस्थाले उनलाई प्रतिनिधिबाट हटाएपछि घिमिरेलाई अध्यक्ष बन्ने बाटो खुलेको हो ।

वर्तमान उपाध्यक्ष रहनुभएका घिमिरे आउँदो फ्रेबुअरी २८ देखि अध्यक्ष बन्ने पक्कापक्की भएको हो ।

यसैबीच घिमिरेसँग सहकारी नेपालले जिज्ञासा राख्दा अहिले सन्देश आइरहेको र आधिकारिक घोषणा फ्रेबुअरी २८ मा हुने प्रतिक्रिया दिनुभयो । अक्कुको कार्यकाल दुई वर्षको हुने भएपनि घिमिरे नौ महिनामात्र अध्यक्ष बन्न पाउनुहुने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर