साना किसान मनहर्वाद्वारा आश्रित परिवारमा मृत्यु पर्यन्त राहत प्रदान


मनहर्वा,बारा । जीतपुसिमरा उपमहानगरपालिका‐१८, स्थीत मनहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले स्वर्गीय सदस्य सुकुमाया बज्यूको आश्रित परिवारमा मृत्यु पर्यन्त राहत रकम प्रदान गरेको छ ।

 

 

शनिवार बिहान वडा नं १८ कै लामीडाँडा निवासि स्वर्गीय बज्यूको घरमा पुगी उनका पती विरबहादुर बज्यूलाई नगद ३५ हजार रकम प्रदान गरिएको हो । संस्थाकी उपाध्यक्ष फुलकुमारी बस्नेतले उक्त रकम प्रदान गर्नु भएको हो ।

 

 

रकम हस्तान्तरण अघि बज्यूको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रदाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष बस्नेत, संचालक समिति सदस्यहरु शर्मिष्ठा दाहाल, आशा राना मगर, संचराम थिङ्ग र मुख्य प्रबन्धक पुष्पराज खतिवडा सहित स्थानिय सदस्यहरुको सहभागीता रहेको थियो ।

 

 

संस्थाको समुह नं।११८की ५५ बर्षिया सदस्य बज्यूको कलेजोमा क्यानसर भएका कारण यही माघ १७ गतेका दिन असमायीक निधन भएको थियो । बज्यूका तीन छोराबुहारी चारछोरी र नानीनातीना छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न