सहकारी अवलोकन भ्रमणका लागि भुटानी सहकारीकर्मीहरु नेपालमा
काठमाडौं । भुटानका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीहरुको टोली नेपालको सहकारी अभियानको अवलोकन भ्रमणका लागि आज नेपाल आईपुगेको छ ।
भुटानी सहकारीकर्मीहरुको टोलीलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत सहित एशियाली ऋण महासंघ (अकु), राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनको संयुक्त आयोजनामा विशेष कार्यक्रमका विच स्वागत गरिएको थियो । कार्यक्रममा अकुका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो लगायत राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका पदाधिकारी सहित व्यवस्थापक टीमको सहभागिता रहेको थियो ।
सहकारी अभियान अध्ययन, अवलोकन भ्रमणका लागि नेपाल आएका उक्त टोलिलाई केही दिनको प्रशिक्षण सहित नेपालका सफल सहकारी र एशियाली मापदण्ड (ब्राण्ड) प्राप्त साकोसहरुको अवलोकन समेत गराईने कार्यक्रम रहेको छ ।