सहकारी मत्स्य उद्योग व्यवस्थापन तालिम


एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत कृषि विकास मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा २ दिवसिय सहकारी मत्स्य उद्योग उद्योग व्यवस्थापन तालिम यहि २०७४ साल फागुन ८ र ९ गते गोर्खा जिल्लामा सम्पन्न भएको छ । सो कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र, कृषि विकास मन्त्रालय, राष्ट्रिय सहकारी महासंघका विज्ञ स्रोतव्यक्तिहरुले विभिन्न विषयका कक्षाहरु सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा कृषि विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शिरिष पुनले सार्वजनिक निजी र सहकारी अवधारणामा शुरु गरिएको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत सहकारिताका आधारमा मत्स्य उत्पादनका लागि गोरखा जिल्ला छनौट गरिएकोले सो कार्यक्रम नमुनाका रुपमा सफल पार्न योगदान पु¥याउन आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बावुल खनालले उपस्थित सहभागी महानुभावहरुलाई स्वागत गर्नुहुँदै गोरखा जिल्लामा सहकारी मत्स्य उद्योग कार्यक्रम सफल पार्न सरोकारवाला जिल्ला सहकारी संघ, जिल्ला उपभोक्ता सहकारी संघ लि।, कृषि विकास कार्यालय लगायतका सम्पूर्ण पक्षहरुले समन्वयात्मक ढंगले काम गर्नु पर्ने आवश्यकता औल्याउदै एक जिल्ला एक उत्पादन कार्यक्रमको दिगोपनाका लागि आगामी दिनमा समेत प्रवद्र्दनात्मक क्रियाकलापहरुको निरन्तरताको लागि सहयोगी निकायलाई अनुरोध गर्नुभयो ।

विशेषतः माछापालन प्रविधि, पोखरी व्यवस्थापन, पानीको गुणस्तर, दाना आहार, ह्याचरी, माछा उत्पादन, व्यवस्थापन लगायतका प्राविधिक विषयमा मत्स्य अनुसन्धान केन्द्र पोखराका विज्ञ राम कुमार श्रेष्ठले सहजीकरण गर्नुका साथै सहभागीहरुका जिज्ञाशालाई मेटाउने काम गर्नु भएको थियो । कार्यक्रममा छेपेटार स्थित माछापालन स्थल अवलोकन गरी प्राविधिक राय सुझाव समेत उपलब्ध गराएको कुरा सो कार्यक्रमका संयोजन समेत गरिरहनु भएका माहासंघका नायब महाप्रबन्धक बावुल खनालले जानकारी गराउनु भयो ।सो कार्यक्रममा मत्स्य उद्योग संचालन गर्ने जिम्मेवारी प्राप्त जिल्ला उपभोक्ता सहकारी संघ र अन्तरगतका सहकारी संस्था र जिल्लास्तरमा सो कार्यक्रमको समन्वयात्मक भूमिका निर्वाह गरिरहेको जिल्ला सहकारी संघ गोरखाका पदाधिकारी समेतको उपस्थिति रहेको थियो । उपभोक्ता सहकारी संघ लि। गोरखाका अध्यक्ष रिखीराम धौरालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको शुभारम्भ शत्रको संचालन महासंघका कम्प्युटर तथा प्रशासन सहायक ऋषिकेश लामिछानेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न