महिला उद्यमी उपभोक्ता सहकारीको बिक्री कक्ष उद्घाटन


काठमाडौं । महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. बाट सञ्चालित सदस्यहरुद्धारा उत्पादित सामाग्रीहरुको बिक्री कक्ष उद्घाटन सम्पन्न भएको छ ।
प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाले रिवन काटेर बिक्री कक्षको उद्घाटन गर्नुभएको हो ।

 

बास्कोटाले महिला उद्यमशिलताको विकासका लागि जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । साथै उहाँले संस्था निर्माण गर्न जति मिहेनत गर्नुपरेको थियो त्यही मिहेनतकासाथ काम गरेमा नेपालको सहकारीको इतिहासमा महिला उद्यमी उपभोक्ता सहकारीले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

‘विदेश हैन स्वदेशी खोजौँ विषादी हैन अर्गानिक नै रोजौँ’ भन्ने नाराको साथ महिला उद्यमी सहकारीले बिक्री कक्ष सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष शान्ती गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका लेखा समिति सदस्य एवम् संस्थाका सहसचिव निर्मला श्रेष्ठ, सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का अध्यक्ष एवम् नेफ्स्कूनका लेखा समिति सदस्य विपिन शर्मा, साना किसान विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मा लगायतले महिला उद्यमशिलताकाबारेमा चर्चा गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर