स्वरोजगार कोषको ऋण लिन चैत्र ३१ सम्म म्याद


काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगर काठमाडौंबाट २०७३ माघ १३ गते सहकारी संस्थाहरुलाई देशव्यापी रुपमा कर्जा मागको लागि प्रस्ताव पेश गर्न २०७३ चैत ३१ गते सम्म समयावधि दिएको छ । उक्त अवधिभित्र यस जिल्ला संयोजन तथा अनुगमन समितिमा सिन्धुलीका नयाँ १८ ओटा सहकारी संस्थाले रु ९ करोड ५० लाख कर्जा मागको लागि प्रस्ताव पेश गरेका थिए ।

१३ वटा सहकारी संस्थाहरु कोष सँग कर्जा सम्झौता गरी रु ५ करोड ९५ लाख क्रर्जाको पहिलो र दोस्रो किस्ता बापतको रकम रु ३ करोड १७ लाख निकासा भई लगानि भएको छ । जम्मा ३१ वटा सहकारीहरुको मिति २०७४ माघ २४ गते देखि फागुन ९ गते सम्म अनुगमन तथा निरीक्ष गरिएकोमा नयाँ १५ वटालाई रु ५ करोड ९० लाख स्वरोजगार कर्जा प्रदान गरिएको छ ।

 

पुराना १२ सहकारीलाई करीव रु ५ करोड ९० लाखमा तेस्रो तथा अन्तीम किस्ता बापतको रकम रु २ करोड २८ लाख स्वरोजगार कर्जा सिफारीस गर्न योग्य देखिएको छ । साथै प्रथम र दोस्रो चरण अन्र्तगत अब सिन्धुली जिल्लामा स्वरोजगार कर्जा रु ११ करोड ८५ लाख हुने भएको छ । यस पुर्व लगानि गरिएको २७५ जनाले प्रत्यक्ष लाभान्भीत भएका छन् । अब करिब ४०० जना लाभान्भीत हुनेमा अनुमान गरिएको छ ।

 

साथै सिफारीसमा परेका नयाँ १५ वटा तथा कर्जा लगानि गरिरहेको १२ वटा सहकारीहरुलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?