बहुउद्देश्यीय सहकारी उत्पादनमा नगई सुखै छैन–मल्ल


काठमाडौं । अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड मेम्बर एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले बचत तथा ऋणमा मात्र नभई उत्पादन तथा व्यवसायमा जान आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संघको पाँचौ वार्षिक साधारणसभाका अवसरमा बोल्दै मल्लले अधिकांश बहुउद्देश्यीय सहकारी बचतमा मात्र केन्द्रीत भएको भन्दै उत्पादन तथा व्यवसायमा जान अपरिहार्य भएको बताउनुभयो । ‘कम्तिमा पनि दुईतीनवटा व्यावसायिक काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई अन्यौल सिर्जना गरेको भन्दै मल्लले समस्या पर्ने बुँदा संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता भएको उहाँको भनाई थियो । ‘सबै कुरा समेट्न नसके पनि अभियानका धेरै कुरा राख्न सकेका छौं, आगामी दिनमा संशोधन गरी सहकारीमैत्री बनाउन थप भूमिका खेल्नुपर्छ’ उहाँले भन्नुभयो ।

 

सहकारी नियमावली बनाउने क्रममा चनाखो भएर काम गर्नुपर्ने आवश्यकता भएको उहाँको भनाई थियो । ‘ऐनले धेरै कुरा रजिष्ट्रारलाई दिएकाले नियमावली तथा मापदण्ड बनाउने क्रममा अभियान सक्रिय हुन जरुरी रहेको उहाँको भनाई थियो ।

 

२६ वर्षदेखि संशोधन हुन नसकेको सहकारी ऐन २०४८ तीन वर्ष लगाएर संशोधन गरिएको जानकारी दिनुभयो ।

 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले लामो संघर्षपछि सहकारी ऐन आएको भन्दै आलोचना गरिहाल्नुपर्ने विषय नभएको बताउनुभयो । ऐनको सजिलो र अफ्ठेरो दुवै भएको भन्दै सहकारीको गतिमा वाधा पर्ने कुरा संशोधन गरेर हटाउन सकिने बताउनुभयो ।

 

पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठले सहकारीको नीतिगत कुरा राम्रो हुन सके सहकारी व्यावसायिक बन्न सक्ने बताउनुभयो ।

 

जिल्ला सहकारी संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव दुलालले बहुउद्देश्यीय सहकारी संस्था र संघ हुने नहुने आशंका बढेको बताउनुभयो । ऐनले बचत तथा ऋणमा रुपान्तर गर्न दवाव दिएको भन्दै उक्त कुरा कार्यान्वयन गर्न समस्या रहेको उहाँको भनाई थियो । ‘ऐन तथा प्रस्तावित नियमावलीमा बहुउद्देश्यीय संघको परिकल्पना नहुनु दुखद कुरा हो’ उहाँले भन्नुभयो ।

 

नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका कार्यवाहक अध्यक्ष गोविन्द शर्मा पौडेलले ऐनले नसमेटेका कुरा नियमावलीमा समेट्नुपर्ने बताउनुभयो । सहकारी उत्पादनमा जानुको विकल्प नभएको बताउनुभयो ।

 

कार्यक्रममा नेशनल कोअपरेटर्स एलाईन्सका अध्यक्ष डिल्ली तिवारीले केन्द्रीय संघलाई विशिष्ट बनाउन नयाँ नेतृत्वले जोड दिनुपर्ने बताउनुभयो ।

 

जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामशरण घिमिरेले व्यवसायिक संघमा राजनीति हावी हुन नहुने बताउनुभयो ।

 

नेपाल बहुउद्देश्यीय सहकारी संघमा नयाँ नेतृत्व

 

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको पाँचौ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सुरेन्द्र भण्डारीको अध्यक्षतामा पाँच वर्षका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

 

संघको उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधव तिमिल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित हुनुभएको छ ।

 

सञ्चालक सदस्यमा मनोज थापा मगर, तुलसीप्रसाद सापकोटा, शम्भुलाल श्रेष्ठ, चन्द्रप्रसाद थानी, सुरेन्द्रबहादुर शाह, तारा गुरुङ, सनिपकुमार भुझेल, नरेन्द्र विष्ट, हजुरी विष्ट निर्वाचित हुनुभएको छ । त्यस्तै सुरेन्द्रमणि भण्डारी, पार्वती थापा, तीखवीर राई, जीवनकुमार राई, बलराम खनाल, भुपेन्द्र अधिकारी, शरदकुमार महर्जन, पुरुषोतम पहाडी निर्वाचित हुनुभएको हो ।

 

भोलाप्रसाद शर्मा खरेलको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन भएको छ । समितिमा कमला विष्ट, सुमनविक्रम थापा सदस्यमा निर्वाचित हुनुभएको छ।

 

सहकारी बैंक खोल्ने संघको घोषणा

 

यसैबीच नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले संघको नेतृत्वमा सहकारी बैंक खोल्ने घोषणा गर्नुभएको छ । सहकारी ऐनले बैंक खोल्ने अधिकार दिएको भन्दै संघकै नेतृत्वमा बैंक खोलिने र छिट्टै देशैभर सञ्चालनमा ल्याउने उहाँको भनाई थियो।

सदस्यहरुमा चरम असन्तुष्टी

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका केही प्रतिनिधि सदस्यहरुले चरम असन्तुष्टी पोखेका छन् । निर्वाचन कमिटीले समयमै निर्वाचन तालिका प्रकाशित नगरेको भन्दै असन्तुष्टी पोखेका हुन् ।अन्तिम समयसम्म पनि निर्वाचन कार्यक्रम तालिका प्रकाशन नगरी शुक्रबारकै दिन सम्पूर्ण निर्वाचन कार्यक्रम राखेको भनी निर्वाचन कमिटीप्रति रोष प्रकट गरेका थिए ।

निर्वाचन कमिटीले उम्मेदवारी फारमसमेत नदिएको भन्दै विरोधस्वरुप केही प्रतिनिधिले साधारणसभा वहिष्कार गरेको सहकारी नेपाललाई जानकारी दिए ।

 

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन