बहुउद्देश्यीय केन्द्रीय संघको निर्वाचन अवैध भन्दै उजुरी


काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको निर्वाचन अवैध भन्दै सहकारी विभागमा उजुरी परेको छ । सुसंगत बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि बद्रीप्रसाद भट्टराईले निर्वाचन अवैधानिक भन्दै विभागमा उजुरी हाल्नुभएको हो ।

भट्टराईले फागुन ११ गते नेपाल बहुउद्देश्यीय केन्द्रीय कार्यालयमा दिउँसो १ः२० बजे पुगी अध्यक्षको उम्मेदवारी दिन पुगे पनि आफूलाई उम्मेदवारी फारम नदिएको उजुरीमा उल्लेख गर्नुभएको छ । आफूले उम्मेदवारी फारम भरे पनि निर्वाचन समितिले उक्त फारम गायब पारेको उजुरी पत्रमा उल्लेख छ ।

भट्टराईले उजुरीमा अवैध तरिकाले भएको साधारणसभा तथा निर्वाचनसमेत बदर गरी सहकारी नियम, सिद्धान्त भावना र मर्मअनुसार पुनः निर्वाचन तथा साधारणसभा गराउन माग गर्नुभएको छ ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको शनिबार सम्पन्न पाँचौं साधारणसभाले नयाँ नयाँ नेतृत्व चयन गरेको थियो ।

सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले निर्वाचन अवैध भन्दै उजुरी परेको र उक्त उजुरीमाथि छानबिन सुरु भएको बताउनुभयो । ‘कानुनबमोजिम छानबिन अघि बढाउँछौं’ उहाँले भन्नुभयो ।

उजुरीकर्ता भट्टराईसहित कोषाध्यक्षका आकांक्षी अनिल जोशीलगायतले साधारणसभा बहिस्कार गरेका थिए ।

याे पनि पढ्नुहाेस्

बहुउद्देश्यीय सहकारी उत्पादनमा नगई सुखै छैन–मल्ल

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर