केन्द्रदेखि स्थानीय ततसम्म सहकारीको भूमिका बढाउनुपर्नेमा जोड


चिवतन । जिल्ला सहकारी संघ चितवन र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले १० बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

यस्तो छ घोषणापत्र

सहकारी आर्थिक तथा सामाजिक विकासको आधार हो । संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा हासिल गर्ने गरी तय गरेका दीगो विकासका लक्ष्यहरु हासिल गर्न पनि सहकारी एक प्रभावकारी माध्यम हो । त्यसैले, नेपालको संबिधानले परिकल्पना गरे बमोजिम चितवन जिल्लाको आर्थिक विकासको आधारशिलाको रुपमा सहकारीको विकास गर्न हामी आजको यो भेलाबाट देहाय बमाजिमको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।

 

१ तीनै तहले सहकारी मैत्री ऐन, नियम तथा मापदण्डहरु जारी गर्ने । स्थानीय तहमा सहकारीको विकास र प्रबद्र्धन गर्न सहकारी ऐन, २०७४ मा भएका केही प्रावधानहरु संशोधन गर्न आवश्यक देखिएकोले नेपाल सरकारका सम्बन्धित मन्त्रालय (केन्द्र र प्रदेश), राष्ट्रिय सहकारी विकास वोर्ड र राष्ट्रिय सहकारी महासंघको ध्यान आकृष्ट गराउने ।

 

२ सहकारी सम्बन्धी नीति, कानूनी व्यवस्था र कार्यक्रमहरु बनाउन सहकारी अभियानसँग परामर्श गर्ने ।

 

 

३चितवन जिल्ला भित्रका सबै स्थानीय तह महानगरपालिका, नगरपालिका र गाँउ पालिका कार्यालयहरुमा सहकारी प्रवद्र्धनका लागि प्रभावकारी शाखा/महाशाखाहरु स्थापना गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने

 

४ स्थानीय तहहरुले वार्षिक बजेट तथा कार्यक्रममा सहकारीको विकास, सहकारी शिक्षा, क्षमता विकास, प्रबद्र्धन जस्ता क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने ।

 

५ प्रदेश तथा स्थानीय तहहरुले सहकारीको संख्यात्मक बृद्धि भन्दा गुणात्मक विकासलाई प्राथमिकता दिने ।

 

६ तुलनात्मक लाभका क्षेत्रहरुमा सहकारी व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, सहकारी व्यवसाय स्थापना गर्न प्रोत्साहन गर्ने ।

 

७ स्थानीय तह, सहकारी संघ, संस्था तथा आम नागरिकहरुको सहभागितामा ठूला लगानीका सहकारी उद्योग व्यवसायहरु स्थापना गर्ने गरी साझा कार्यक्रमहरु बनाउने ।

 

८ आवश्यकता र सम्भाव्यताका आधारमा एक भन्दा बढी स्थानीय तहका जनातहरुले सेवा पाउने गरी साझा सहकारी उद्योग व्यवसायहरु स्थापना गर्न स्थानीय निकाय तथा सहकारी अभियान वीच सहकार्य गर्ने ।

 

९ वित्तीय कारोबार गर्ने सहकारीहरुको नियमित अनुगमन गरी वित्तीय कारोवारका मापदण्डहरुको पालना गर्ने गराउने, आवश्यकताका आधारमा मात्र वित्तीय सहकारीको स्थापना गर्ने, सहकारी सहकारी वीच मर्जर तथा वित्तीय सेवामाथिको पँहचलाई विशेष प्राथमिकता दिने ।

 

१० चितवन जिल्लामा रहेको सहकारी प्रशिक्षण तथा डिधिजन कार्यालयको जग्गा भवनलाई प्रदेश स्तरिय प्रशिक्षण केन्द्रमा रुपान्तरण गर्ने ।
२०७४ साल फागन १२ गते
भरतपर, चितवन

Shanti Dhakal Adhikari को फोटो।

Shanti Dhakal Adhikari को फोटो।

Shanti Dhakal Adhikari को फोटो।

Shanti Dhakal Adhikari को फोटो।

Shanti Dhakal Adhikari को फोटो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न