सहकारी महासम्मेलन : २०२० सम्म शेयर पुँजी दोब्बर बनाउने लक्ष्य
काठमाडौं । राष्ट्रिय सहकारी महासम्मेलनले सन् २०२० भित्र सहकारीको शेयर पुँजी दोब्बर भन्दा बढी पु¥याइने लक्ष्य लिएको छ ।
राष्ट्रिय सहकारी महासंघले चैत्र २१ र २२ गते गर्न लागेको दोस्रो सहकारी महासम्मेलनले २०२० सम्म शेयर पुँजी ७१ अर्ब पु¥याउने लक्ष्य लिएको छ । हाल ४२ अर्ब शेयर पुँजी रहेको छ । महासम्मेलनले महिला तथा युवाहरुको पहुँच विस्तारमा विशेष जोड दिएर जाने लक्ष्य लिएको छ । ५० प्रतिशत सदस्य, नेतृत्व तहमा ४० प्रतिशत र युवा सहभागितामा ६० प्रतिशत वृद्वि गर्ने लक्ष्य महासंघले लिएको छ । सहारीमा ६३ लाखको आबद्वतालाई बढाएर सन् २०२० सम्म ८० लाख पु¥याउने लक्ष्य महासम्मेलनले लिएको छ ।
महासंघले सम्मेलनपश्चात विश्वविद्यालयमा पठनपाठन, अनलाक्ष्न पठाउने प्रविधिको विकास, लघु उद्योगको स्थापना, मझौला सहकारी उद्योग, कृषि उत्पादन, भण्डारण, प्रशोधन, बजारीकरण तथा कृषि सामाग्री आपूर्तिमा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
चैत्र २१ र २२ गते हुने महासम्मेलनमा नेपालको सहकारी अभियान : सन् २०२२ सम्म परिकल्पना, सहकारी संघ/संस्थाको प्रवद्र्वनमा स्थानीय, पाद्रदेशी तथा संघीय सरकारको भूमिका, दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सहकारी क्षेत्रको सहभागिता : राष्ट्रिय तथा अन्तराष्ट्रिय दृष्टिकोण विषयमा कार्यपत्र प्रस्तुत हुने छ ।
त्यस्तै नीत खम्बे अर्थनीतिका सन्र्दभमा सहकारी नीजि तथा सार्वजनिक क्षेत्रबीच सहकार्य, सहकारीमैत्री कानुनी वातावरण, भावी नेतृत्वको लागि सहकारीमा युवा तथा लैंगिक सहभागिता, सुशासन : सहकारीको दिगो विकासको एक पक्ष विषयमा कार्यपत्र प्रस्तुत हुने छन् ।
C2C businesss model : Challenges and potentialities, Strategic engagment of Development partners for achieving SDGS विषयमा कार्यपत्र प्रस्तुत हुने भएका छन् ।