सहकारीको गुणात्मक विकासमा ऐनले सघाउने


सुमन जि.सी.
लमजुङ, १४ । लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लमजुङको आयोजना नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.नेफ्स्कून र सुमि टेर्डस पोखराको प्राविधिक सहयोगमा लमजुङमा १ दिने सहकारी ऐन र जालीनोट विषयक १ दिने अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ ।

 

सहकारी सम्वन्धि सम्वैधानिक व्यवस्था र सहकारी ऐन २०७४ को वारेमा जानकारीे र जालीनोटको पहिचान र मेसिन सम्वन्धि जानकारी जानकारी गराई साझा बुझाईको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतीथि नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहकारी ऐन २०४८ ले सहकारीको संख्यात्मक बृद्धि गरेकोमा सहकारी ऐन २०७४ ले सहकारीको गुणात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सहकारी ऐन जारी भएको लामो समय भईसक्दा पनि ऐनमा भएका व्यवस्थाहरुको बारेमा धैरै सहकारी संस्थाका सञ्चालकहरु अनविज्ञ रहेको पौडेलको भनाई थियो ।

अभिमुखीकरण गोष्ठिमा सहकारी सम्वन्धमा संवैधानीक व्यवस्था र सहकारी ऐन २०७४ मा भएका व्यवस्थाहरुहको बारेमा प्रमुख अतीथी पौडेलले जानकारी गराएका थिए भने जालीनोटको पहिचान तथा जोखिम व्यवस्थापनको विषयमा सुमि टेर्डसका सञ्चालक सुर्यवहादुर शाही जानकारी गराएका थिए ।

लमजुङ जिल्लाका ३५ जनाको सहभागिता रहेको गोष्ठिको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लमजुङका अध्यक्ष दुर्गाभक्त धमालले गरेका थिए ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न