१०८औ नारी दिवसको अबसरमा सहकारीको सरसफाइ


काठमाडौं । सज्जन महिला साकोसले नारी दिवसको अबसर पारेर बृहत टोल सरसहाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

शान्तिनगर उपोभोक्ता समिति, जनकल्याण उच्च मा वि, जोसेफ पव्लिक स्कुल र स्थानीय टोलवासी,बुद्धिजीवीहरूको सहकार्यमा १०८ औं नारी दिवसको उपलक्ष्यमा वृहद सरसफाई तथा जनचेतनामूलक पर्चा वितरण कार्य गरिएको थियो ।

सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा न ६ का वडा अध्यक्ष दिपेन्द्र लामा लगायत प्रहरी वृत बौद्धको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा स्थानीय टोल सरसफाई गरिनुको साथै आगामी दिनमा आफ्नो टोल गल्ती आफैले सफा राख्न अपिल पनि गरियो । होटल, कलकारखाना र स्थानीयवासिलाई फोहर मैला व्यवस्थापन आफ्नो घरमा नै गर्न र नफाली नहुने फोहोरलाई मात्र फाल्न अनुरोध गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न