बचतमा महिलाको सहभागिता बढ्दै


 डडेल्धुरा । पुरुषभन्दा महिलाले बचत गर्ने गरेको पाइएको छ । भविष्यलाई हेरेर महिलाले थोरै रकम भएपनि बचत गर्ने गरेका हुन् । जिल्लाका अधिकांश महिलाहरु सहकारीमा आवद्ध भएर आफ्नो रकम बचत गरी स्वरोजगारतर्फ अग्रसर हुन थालेका छन् ।
 विभिन्न समूह तथा सहकारी मार्फत महिलाहरु बचत गर्र्दै ऋण लिएर व्यवसाय गर्र्दै आएका हुन् । जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका १ सय ५८ वटा समूह संजालमा आबद्व भएका छन् ।
जिल्लामा गरिवी न्यूनिकरण कार्यक्रमले महिलाहरुको समुह निमार्ण गरेर आर्य आर्जनलाई बचत गर्न प्रोत्साहान गरेको अजयमेरु गाउपालिकामा रहेको भागेश्वर सामुदायिक संस्थाकी कोषाध्यक्ष टिकेश्वरी जोशीले बताउनुभयो ।
हामीले यो गरिवी निवारण कार्यक्रममा ६३ साल देखि सहभागि नभएको भए केही कुरा पनि जानकारी नहुने र बचत समबन्धी समेत केही चासो नहुने उहाँको भनाई छ  । यति मात्रै नभएर गाउँ ठाउँमा रहेका महिलाहरुलाई समेत आय आर्जन गर्ने सिप सिकाएको नम्रूना उद्यमशील सामुदायिक संस्थाका सचिव रेखा शाहले बताउनुभयो ।

प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न