ऋषिराज घिमिरे अक्कुको अध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरे एशियाली ऋण महासंघ९अक्कु०को अध्यक्षमा निर्वाचित बन्नुभएको छ । केही समयअघि अक्कुका वर्तमान अध्यक्ष कोरियाली नागरिक मुन प्रतिनिधि आएको संस्थाले उनलाई प्रतिनिधिबाट हटाएपछि घिमिरे अध्यक्ष बन्नुभएको हो । घिमिरे यसअघि अक्कुको उपाध्यक्ष हुनुहुन्थ्यो । अक्कुको कार्यकाल दुई वर्षको हुने भएपनि घिमिरे नौ महिनामात्र अध्यक्ष बन्न पाउनुहुने छ।
घिमिरेले एशियाली ऋण महासंघको अध्यक्षमा पदभार ग्रहण गर्नुभएकाे छ । एशियाली ऋण महासंघको ९१ औं सञ्चालक समितिको बैठकसँगै उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । घिमिरे नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्कुन)का सल्लाहकार हुनुहुन्छ ।
दक्षिण कोरियाको ईन्चोन सहरमा २०१६ सेप्टेम्बरमा सम्पन्न महासंघको ३५औं साधारण सभबाट घिमिरे प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे । त्सस अघि उहाँ कोषाध्यक्ष हुनुहुन्थ्याे । २५ वर्षदेखि नेपालको सहकारी अभियानमा सक्रिय रहनुभएका घिमिरे २०१४ देखि एशियाली ऋण महासंघको बोर्डमा क्रियाशील हुनुहुन्छ ।