एड्भान्स एक्सेल तालिम शुरु


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सघ लि भक्तपुरको सस्थागत विकास उपसमितिको आयोजनामा १२ दिन २४ घण्टे एड्भान्स एक्सेल तालिम शुरु भएको छ ।

संघको अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कार्यक्रमको उद्घाट्न गर्दै ए्क्सेल प्रविधिको महत्वको बारेमा चर्चा गर्दै यस्ता खाले प्राविधिक तालिमले सहकारीका प्रतिवेदनहरु चुस्त दुरुस्त राख्नमा सहयोग पुग्ने विश्वास राख्नुभयो ।

कार्यक्रममा शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष न्हुछे कुमार त्वायनाले आटीको जमानामा एक्सेल अपरिहार्य रहेको बताउदै जिल्ला बचत तथा ऋण सहकारीले निरन्तर प्राविधिक तालिमको आयोजना गरेकोमा खुशी व्यक्त गर्नु भयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संघले कर्मचारीहरुलाई मात्र लक्षित गरि यो तालिमको आयोजना गरिएको कुरा बताउनुभयो ।

 

संघको संस्थागत विकास उपसमितिका सदस्य निर्मला सुवालले कर्यक्रमको संचालन गर्नुभयो भन्ने उपसमितिका संयोजक एवं संघका सचिव जगनाथ प्रजापतिले संघमा आवद्ध सदस्य संस्थाहरु नीति, विधि र प्रविधिमा संचालनको लागि सहयोग होस् भनी विभिन्न किसिमका तालिमहरु दिर्दै आएको कुरा बताउनुभयो । सहजकर्ता विश्वराम मचामसीले गर्नुभएको सो तालिममा १९ वटा संस्थाबाट १९ जनाको सहभागिता रह्यो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन