हिमचुली सहकारीकाे रजत महाेत्सव


गोरखा । गोरखा नगरपालिका ७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था लि. को रजत महोत्सव समारोह  सम्पन्न भएको छ ।

रजत महोत्सब समारोहलाई संवोधन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरुको संस्थागत विकास, व्यवस्थापन र गुणात्मक बृद्धिका लागि सहकारी ऐन २०७४ कोशेढुंगा सावित हुने बताउनुभएको छ ।

नेपालमा सहकारी संस्थाहरुको संख्यात्मक बृद्धि अत्याधिक भएकाले अवको सहकारी अभियानलाई सहकारीको गुणात्मक बृद्धि तर्फ लैजान जरुरी रहेको र त्यसका लागि सहकारी संस्थाहरु एक आपसमा एकीकरण हुनुपर्ने पौडेलको भनाई थियो । पौडेलले ऐनमा जति धैरै राम्रा कुराहरु आएता पनि मस्यौदा सहकारी नियमावलीमा सहकारीलाई खुम्च्याउन खोजिएकाले यसमा अभियानको असन्तुष्टि रहेको बताउनुभएको थियो ।

कार्यक्रममा खुल्ला विश्व विद्यालयका उपकुलपति प्रो. लेखनाथ शर्मा, सिद्धिगणेश साकोसका अध्यक्ष अच्यूतलाल श्रेष्ठ, हेफर्स नेपालका प्रमुख संस्थापक प्रतापराज वन्त, गण्डकी साकोसका अध्यक्ष वेत्रावती वाग्ले, गोरखा साकोसका अध्यक्ष राजेन्द्र प्रसाद अर्याल, गोरखा नगरपालिका वडा नं. ८ का अध्यक्ष कृष्ण वहादुर खत्री, महिला शेयर सदस्यहरुको तर्फवाट सरस्वती पोखरेल, पुरुष शेयर सदस्यहरुको तर्फवाट विश्वेश्वर क“डेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा प्रमुख अतिथि पौडेल र खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शर्माले संयुक्त रुपमा संस्थाको स्मारिका विमोचन गरेका थिए । सोही अवसरमा उत्कृष्ठ विद्यार्थी, उत्कृष्ठ ऋणी, संस्थापक, पूर्व सञ्चालक, विद्यावारीधि उपाधि प्राप्त रघुनाथ अर्याल लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष दिलीप सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष तुलसा मरहठ्ठा र सञ्चालन रामवावु श्रेष्ठले गर्नुभएको थियो । संस्थाको २५ वर्षको समग्र प्रगतिको बारेमा संस्थाका अध्यक्ष सापाकोटाले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन