जिल्ला सहकारी संघको स्वर्ण महोत्सव तयारी


धुलिखेल । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आगामी चैत २९ गते स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । संघ स्थापनाको ५० औँ वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव गर्न लागिएको संघले जनाएको छ।

 

‘समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान’ नाराकासाथ स्वर्ण महोत्सव मनाउन लागिएको हो । स्वर्ण महोत्सवका लागि संघले २५१ सदस्यीय सहकारी स्वर्ण महोत्सव मूलसमारोह समिति गठन गरेको छ ।

 

मूलसमारोह समिति गठन गर्नुका साथै ३१ सदस्यीय व्यवस्थापन समिति र सम्मान तथा पुरस्कार छनोट समिति, प्रदर्शनी व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, गोष्ठी व्यवस्थापन, र्याली व्यवस्थापन, अतिरिक्त क्रियाकलाप सञ्चालन एवं मूल्यांकन तथा प्रतिवेदन तयारी समिति लगायतका समिति गठन गरी स्वर्ण महोत्सवको तयारी तिर्व बनाएको हो ।

 

संघका अध्यक्ष विनोद पराजुलीले जिल्लामा उत्कृष्ट काम गर्ने सहकारी तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्ने तयारी गरेको बताउनुभयो । सोही अवसरमा संघको भवन शिलान्यास गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

 

जिल्ला सहकारी संघमा हालसम्ममा एक हजार ४९५ वटा सहकारी संस्था आवद्ध भएका छन् । त्यस्तै बचत तथा ऋण, दुग्ध, तरकारी, बहुउद्देश्यीय, कृषि, उपभोक्ता तथा कफी सहकारी गरी सातवटा विषयगत सहकारी संस्था आवद्ध छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम