सर्वसाधारणको मन जित्दै रोल्पाका सहकारी


रोल्पा । दीगो कोष सञ्चालन बचत तथा ऋण सहकारी संस्थाले रोल्पाका सर्वसाधारणको मन जित्दै गएको छ । । जिल्लामै जेठो संस्थाको रुपमा २०६३ भदौ २६ गते स्थापित भएको दिगो कोष संस्थाले सदस्य बढाउँदै गुणस्तरीय सेवा दिदैँ आएको छ ।

दश वर्ष अगाडि ३४ हजारबाट कारोबार सुरु गरेको दिगोकोषले दुई करोड बढीको कारोबार गरिरहेको छ । बार्षिक ८६ लाख १७ हजार ५ सय ७ निक्षेप संकलन गरिहेको छ भने १ करोड १७ लाख बढी लगानी गरेको सहकारीका व्यवस्थापक एवं सदस्य सचिव झग्गु पोखरेलले बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगारबाट २० लाख ऋण लिई सदस्यहरुमा लगानी गरी स्वरोजगार बनाउन सघाएको लेखा सहयाक पिपला चन्द (सेनले बताउनुभयो । । बैंक अफ काठमाडौ नेपालबाट ३५ लाख ऋण लिई सहकारीको कार्यक्षेत्रमा बस्ने सदस्य जो बत्तिको उज्यालोबाट बञ्चित भएका घन् उनीहरुको घरमा किस्ताबन्दीमा सोलार वितरण गरिएको छ । महिला सदस्य सुत्केरी भएमा २ वटा वच्चासम्मका सुत्केरीलाई सहयोग रकम उपलब्ध गराउदै आएको छ ।

दिगोकोषका अध्यक्ष कर्णबहादुर बाँठामगरले ‘लघुवित्त कार्यक्रम अन्तरगत विपन्न महिलाहरुलाई समूहमा सामूहिक जमानी राखि ऋण प्रदान गर्दै आएको जानकारी दिनुभयो । सदस्यहरुको आर्थिक पाटोमा गुणात्मक सुधार ल्याउन स–साना पूँजीलाई एकिकृत गर्दै उत्पादनशील कार्य गर्ने क्षमता र इच्छा भएका सदस्यहरुलाई उचित दरमा ऋण उपलव्ध गराउने काममा सहकारी सफल वन्दै गएको छ ।
‘सहकारीमा आवद्ध सदस्यहरुबीच स्वावलम्वन, पारस्परिक सहयोग एवं मितव्ययीताको अभिवृद्धि गरी नियमित वचत गर्ने वानीको विकास हुन थालेको छ ।’ बाथाले भन्नुभयो,‘ सहकारीले राष्ट्रिय बैँकबाट स्वीकृति लिएर वित्तिय कारोबार गर्ने लक्ष्य समेत लिएको छ ।’

दिगोकोषमा करिव ६ सय सेयर सदस्य आवद्ध छन । सहकारीसँग आवद्ध ११ केन्द्रका महिला सदस्यहरु वित्तिय कारोबारबाट लाभान्वित भएका छन्। सहकारीले भवन निर्माणका लागि घडेरी समेत लिइसकेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन