सहकारीको नयाँ युग सुरु


काठमाडौं । नवनियुक्त कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सहकारी नयाँ युगमा प्रवेश गरेको बताएका छन् । संख्यात्मकरुपमा नेपालको सहकारी अभियान सफल रहेको भन्दै मन्त्री खनालले सहकारी अब नयाँ चरणमा प्र्रवेश गर्ने बताए ।

राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा माननीय मन्त्री खनालले सहकारी र स्थानीय तहको सहकार्यमा दिगो आर्थिक विकास गरिने बताउनुभयो । स्थानीय तहलाई सक्षम बनाउनका लागि केहि वर्ष केन्द्रले सहकार्य गर्ने र सहकारी महत्वपूर्ण साझेदारको रुपमा रहन सक्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपालको यहीँ चैत २१ र २२ गते हुने दोस्रो सहकारी महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियर ग्वार्कोसहित स्वदेशी तथा विदेशी गरि १ हजार सहकारीकर्मीको सहभागिताहुने जानकारी दिर्दै मन्त्रीलाई विशेष निमन्त्रणासमेत गर्नुभएको थियो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न