६१ औं सहकारी दिवस तयारी


काठमाडौं । आउँदो चैत्र २० मनाइने राष्ट्रिय सहकारी दिवसको तयारी सुरु भएको छ । र६१ औं राष्ट्रिय सहकारी दिवस मनाउन देशभरका सहकारीहरु क्रियाशील भएका छन् । दिवस तयारी सुरु गर्नेमा जिल्ला सहकारी संघ ललितपुर पहिलो भएको छ । ललितपुरमा विविध कार्यक्रमसहित सप्ताहव्यापी रुपमा सहकारी दिवस मनाउन लागिएको छ । संघले चैत १२ गतेदेखि २० गतेसम्मका विविध कार्यक्रम मनाउने योजनाा मनाएको मूल समारोह समितिले जानकारी दिएको छ ।

चैत १२ गतेदेखि १६ गतेसम्म जिल्ला बहुउद्देश्यीय सहकारी संघ, ललितपुरको संयोजकत्वमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । त्यस्तै चैत १७ गते शनिबार मंगलबजार परिसरमा प्रतिभा बचत तथा ऋण सहकारीको संयोजकत्वमा रक्तदान कार्यक्रम तय भएको छ ।

सोही दिन सिद्धिविनायक कृषि सहकारीको संयोजकत्वमा ज्ञानज्योती निमाविमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरी सम्बद्ध समाजका लािग सहकारी विषयक खुला निबन्ध प्रतियोगिता पनि हुँदैछ । १७ र १८ गते बृहत सहकारी गोष्ठी हुनेछ । १८ गते नै सहकारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि तय भएको छ ।

२० गते बिहान सहकारी प्रभातफेरी हुनेछ । प्रभातफेरी जिल्ला अदालत लगनखेलबाट पाटन अस्पताल, कुमारीपाटी, जावलाखेल, पुल्चोक हुँदै मंगलबजार पुगेर प्रभातफेरी सम्पन्न हुनेछ ।

त्यही दिन साँझ ललितपुरका विभिन्न स्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम पनि तय भएको छ । साँझ ६ बजे गोटीखेल, चापागाउँ, टौखेल, लगनखेल, मंगलबजार, हरिसिद्धि, सुनाकोठी, लुभु, ठेचो र सिद्धिपुरमा दीप प्रज्वलन कार्यक्रम तय भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न