सहकारीले सुरु गर्न थाले एटिएम


भक्तपुर ।  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि भक्तपुरको आयोजनामा मिति २०७४ चैत्र २ गते होटेल स्विट होम, दरबारस्क्यार, भक्तपुरमा स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेड (एस.सि.टि.) को प्राविधिक सहयोगमा “सहकारी संस्थामा ए.टी.एम.संचालन” विषयक गोष्ठी सम्पन्न भएको छ।

 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थाले पनि ए.टि.एम.संचालन गर्न सकिने प्रविधिको विकास भई सकेकोले संघले आफ्नो सदस्य संस्थालाई उक्त प्रविधिको संचालन गर्न प्राविधिक समन्वय गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।

 

संघका उपाध्यक्ष हरि बल्लले पछिल्ला उच्च प्रविधिकोबारेमा संघले आफ्ना सदस्य संस्थाहरुलाई जानकारी गराई सदस्यहरुलाई उक्त प्राविधिक पहुँचको लागि गोष्ठिले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । एस.सि.टी.का बरिष्ठ आई टी म्यानेजर्स दिपेश मास्केले गोष्ठीको सहजीकरण गर्दै बैंकको पहुँचमा मात्र रहेको ए.टि.एम. प्रविधि हाल सहकारी संस्थाले सहजै संचालन गर्न सकिने कुरा बताउनु भयो ।

 

संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रमको संचालन गर्दै भक्तपुरको सहकारी संस्थाले पनि ए.टि.एम. संचालन गर्न सके भक्तपुरको सहकारी अभियानमा प्रविधिको नयाँ उचाई थपिने विचार व्यक्त गरियो । गोष्ठिमा २५ वटा संस्थाबाट ५८ जनाको सहभागिता रह्यो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको