सहकारी शिविर सञ्चालन
काठमाडौंं । सिमल बचत तथा ऋण सहकारी शिक्षा उप समितिको आयोजनामा सहकारी शिविर सम्पन्न भएको छ । संस्थाकाे सदस्यता १६०० देखी १७०० सम्मका सदस्यका लागि सहकारी शिक्षा तथा शेयर प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिक्षा उपसमितिका सयोजक अनिल श्रेष्ठ को अध्यक्षतामा संस्थाका अध्यक्ष लक्ष्मी भक्त खाताखोको प्रमुख अतिथी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहकारी सम्वधी शिक्षा संस्थाका उपद्यक्ष्य बिजय देउजाले प्रशिक्षण दिनुभयको थियो । सो अवसरमा सहकारी संस्थाको परिचय र गतिबिधी बारे संस्थाका ब्यबस्थापक मोतिराम खाताखो ले राख्नु भयको थियो ।
४२ जना सदस्यहरु उपस्थिती रहेको कार्यक्रममा उपसिमितिका सदस्य सम्झना केसी ज्युले स्वागत तथा सदस्य श्री बिष्णु महतको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।