डीबी बस्नेत उद्योग वाणिज्य महासंघमा मनोनित


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)का अध्यक्ष डीबी बस्नेत नेपाल उद्योग वाणिज्य महासंघमा विशिष्ट व्यक्तित्वको रुपमा कार्य समितिमा मनोनित हुनुभएको छ । महासंघको बैठकले उहाँलाई विशिष्ट व्यक्तित्वकोरुपमा कार्यसमितिमा मनोनयन गरेको हो । बस्नेत अघिल्लो कार्यकालका लागि महासंघको उपाध्यक्ष पदमा निर्वाचन लड्नु्भएको थियो ।
बस्नेतले संविधानको मर्म अनुरुप समाजवादउन्मुख अर्थ व्यवस्थाको व्यवहारिक प्रयोग गर्न सहकारी र निजी क्षेत्रको सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सहकारीकर्मीहरुले अपेक्षा गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम