सहकारीबाट नै गरिबी निवारण


बलराम केसी
चरिकोट । सांसद पार्वत गुरुङले कन्द्रीय सरकार बलियो बनाउन स्थानीय सरकार बलियो हुनु पर्ने दोलखाको बताउनुभएको छ । सदरमुकाम चरीकोटमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय तहलाई सहकारी अभिलेख हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद गुरुङले ऐन कानुन निर्माण गर्दा स्थानीय तहका जनप्रतिनिधिको ठूलो भूमिका रहने बताउनुभयो । सहकारीको माध्मबाट नै गरीवी निबारणमा ठुलो टेवा पुगेको भन्दै उहाँले अब स्थानीयतहले सहकारीको व्यवस्थापन तथा नियन्त्रण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सहकारी क्षेत्रलाई राज्यले नै अर्थतन्त्रको महत्वपुर्ण खम्बाको रुपमा लिएको भन्दै यस क्षेत्रलाई व्यवस्थि गर्न समन्वकारी भूमिका खेल्ने बताउनुभयो।

 

जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईले स्थानीय तहसँग संघ सहकार्य गरेर सहकारी अभियानले काम गर्ने बताउनु भयो । उहाँले सहकारी क्षेत्रको बिकास र प्रबद्र्धनमा स्थानीय तहले सहकारी अभियानसँग हातेमालो गरेर काम गर्न आग्रह गर्नुभयो । यस्तै तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द पोखरलेले आफूले पाएको जिम्मेवारीलाई पुर्णता दिने बताउदै सहकारीका ऐन तथा कानुन निर्माण र सहकारीको विकास र प्रबद्र्धनमा जिल्ला सहकारी सघसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।

स्थानीय तहमा सहकारी हस्तान्तरण

कार्यक्रममा डिभिजन सहकारी कार्यालय दोलखाले स्थानीय तहलाई सहकारी हस्तान्तरण गरकोे छ । दोलखाका दुई नगरपालिका र सात गाँउपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागितामा जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे र जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईको रोहबरमा सहकारी संस्थाका अभिलेख स्थानीयतहलाई हस्तान्तरण गरीएको छ ।

 

सहकारी विभागका उपसचिव कृष्णप्रसाद पुडाँसैनीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विभागका उपसचिव कृष्णप्रसाद पुडासैनीले सहकारीता, सहकारी संस्थाका विशेषता र स्थानीय विकासमा महत्वको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 

संघियताका कार्यान्वयण पछि बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संघ÷संस्थाको दर्ता, खारेजी, नियमण, संरक्षण र प्रबद्र्धनको अधिकार स्थानीय सरकारसँगनै रहेकाले सोही ऐन कार्यान्वयणको लागि सहकारीका अभिलेखहरु हस्तान्तरण गर्न सुरु गरिएको डिभिजन सहकारी कार्यालय दोलखाले जनाएको छ । दोलखामा विभिन्न प्रकृतिका ५२३ वटा सहकारी संघ/संस्थाहरु रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन