ललितपुर बहुउद्देश्यीय संघले रनिङ शिल्ड प्रतियोगिता गर्ने
ललितपुर । बहुउद्देश्यीय सहकारी संघ ललितपुरले रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगदसहित शिल्ड, मेडल प्रमाणपत्र, दृतीय हुनेले ३० हजार नगदसहित मेडल प्रमाणपत्र र तृतीय हुनेले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।
संघका अध्यक्ष शरदकुमार महर्जनले अन्तर सहकारी रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता २०७४ मा भाग लिन सबै सहकारीकर्मीलाई आग्रह गरेका छन् । सामाजिक तथा खेलकुद क्षेत्रमा योगदान पु¥याउन उहाँले अनुरोध गर्नुभएको छ ।