महिला नेतृत्व विकास तालिम सुरु


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको महिला सशक्तिकरण उपसमितिको आयोजनामा दुई दिने महिला नेतृत्व विकास तालिम चैत्र ९ गते होटल भ्यू भक्तपुरमा सुरु भएको छ ।

 

तालिमको प्रमुख अतिथि ३ नं. प्रदेशका प्रदेश सभा सदस्य श्रृजना सैंजुले उद्घाट्न गर्दै महिला शसक्त र नेतृत्व तहमा हुनुपर्ने बताउनुभयो । संविधानले नै ३३ प्रतिशको आरक्षण सुरक्षण गरेको छ । त्यहि अनुरुप महिलाहरु नेपालकमा महिलाहरु नेतृत्व तहमा पनि आएका छन् । तैपनि राज्यमा चेलिबेटी बेचबिखन, महिला विरुद्धको हिंसा, बोक्सी प्रथा, छाउ प्रथा आदी कुप्रथाहरु अन्त्य गर्न सहकारीले जागरण फैलाउनुपर्ने उहाँको भनाई छ।

 

राजनीति संरक्षण र श्रमिक महिलाहरुको लागि कानुन बनाउन आवश्यक भएको उहाँको भनाई थियो ।  उहाँले नेपालमा ७० लाख भन्दा बढी युवा शक्तिहरु बैदैशिक रोजगारमा बाहिर रहेका छन् । युवा महिलाहरु मात्र देशमा भएकाले महिलाहरु शिक्षित र नेतृत्व तहमा नआइकन देश नबन्ने कुरा राख्नुभयो ।

 

महिलाहरुलाई स्तन क्यान्सर हुने सम्भावना धेरै भएकोले ६÷६ महिनाको एकचोटी स्वास्थ्य परिक्षण गर्नुपर्ने भएपनि पैसाका कारण गर्न नसकिने हुनाले सहकारी संस्थाहरुले नियमित स्वास्थ परिक्षणका कार्यक्रम र उत्पादकमुलक क्षेत्रमा लगानी गर्नुपर्ने विचार वहाँले व्यक्त गर्नु भयो ।

 

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा महिलाहरुको सहभागिता बढी रहेको चर्चा गर्दै सहकारीको नेतृत्व तहमा आउन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई महशुस गर्दै तालिमको आयोजना गरिएको बताउनुभयो । महिला शसक्तिकरण उपसमितिको सदस्य विजर्या शर्माले स्वागत मन्तव्य राख्नुभयो ।

 

संघका संचालक तथा महिला सशक्तिकरण उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिको सभापतित्वमा सम्पन्न उद्घाट्न सत्रमा कार्यक्रम संचालक महिला शसक्तिकरण उपसमितिको सदस्य सन्तोषी खतिवडाले गर्नुभयो । तालिमको सहजीकरण उषा मल्ल सिंहले गर्नु भएको सो तालिममा ५० जनाको उपस्थिति रह्यो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम