कान्तिपुरी सहकारीद्वारा चक्रपथ सरसफाई
काठमाडौं । कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाले ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चक्रपथ सरसफाई गरेको छ । चक्रपथ आसपासमा सरसफाइ गरिएको हो । संस्थाका अध्यक्ष मनोज भण्डारीले संस्थाका सञ्चालक, पदाधिकारी, सदस्य, कर्मचारी सबैको सहभागितामा चक्रपथ आसपासमा सरसफाइ गरिएको जानकारी दिए ।