महिला नेतृत्व विकास तालिम सम्पन्न


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको महिला सशक्तिकरण उपसमितिको आयोजनामा दुई दिने महिला नेतृत्व विकास तालिम २०७४ चैत्र १० गते होटल भ्यू भक्तपुरमा सम्पन्न भयो।

 

। तालिमका प्रमुख अतिथि संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको संस्थागत विकास संगै व्यक्तित्व विकास पनि आउने भएकोले सहकारीको बारे सामान्य जानकारी राख्नुपर्ने विचार राख्नुभयो । भक्तपुर जिल्लामा सहकारीमा ४६ प्रतिशत महिला आबद्ध छ तर नेतृत्वमा २६ प्रतिशत मात्र रहेकोले सहकारीमा महिला नेतृत्वको विकास आवश्यक छ । तसर्थ सहकारीका नीति नियमबारे महिला सहकारीकर्मीहरुले अध्ययन गर्नुपर्ने विचार वहाँले राख्नुभयो ।

 

सहर्जकर्ता उषा मल्ल सिंहले तालिमबाट प्राप्त ज्ञान सिपलाई व्यवहार उर्तान हरपल हरक्षण प्रगतिको लागि अघि बढ्नुपर्ने विचार राख्नुभयो । महिला शसक्तिकरण उपसमितिको सदस्य विजर्या शर्माले धन्यबाद मन्तव्य राख्नुभयो।

संघका संचालक तथा महिला सशक्तिकरण उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिको सभापतित्वमा सम्पन्न उद्घाट्न सत्रमा कार्यक्रम संचालक महिला शसक्तिकरण उपसमितिको सदस्य सन्तोषी खतिवडाले गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन