रनिङ शिल्ड प्रतियोगिता सुरु


ललितपुर । बहुउद्देश्यीय सहकारी संघ ललितपुरको आयोजनामा सोमबारदेखि रनिङ शिल्ड बाड्मिन्टन  प्रतियोगिता सुरु भएको छ । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा संघले सोमबारदेखि सुरु गरेको रनिङ शिल्ड प्रतियोगिता चैत्र १६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ४८ टिम सहभागी भएका छन् । चार चरणमा समापन हुने रनिङ शिल्ड प्रतियोगिता पहिलो चरणमा ३२ जना सहभागी भई १६ जना आउट हुने छन् ।

ललितपुर जिल्ला मुल समारोह समितीको आयोजना तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि ललितपुर को संयोजनमा प्रथम ललितपुर अन्तर सहकारी रनिङ सिल्ड बाड्मिन्टन प्रतियोगिता २०७४ को राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगदसहित शिल्ड, मेडल प्रमाणपत्र, दृतीय हुनेले ३० हजार नगदसहित मेडल प्रमाणपत्र र तृतीय हुनेले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

संघका अध्यक्ष शरदकुमार महर्जनले अन्तर सहकारी रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगितामा सहकारीकर्मीको आकर्षण बढेको बताउनुभयो। यसले सामाजिक तथा खेलकुद क्षेत्रमा योगदान पु¥याउेन बताउनुभयो ।

Image may contain: 1 person


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न