नवजीवन सहकारीमा नयाँ नेतृत्व


धनगढी । बैकिंग कारोबार गर्ने नेपालको पहिलो सहकारी नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा चक्रबहादुर सिंह विजयी भएका छन् ।

चार वर्षे कार्यकालका लागि चक्रबहादुर सिंह तीन हजार ५३७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी संस्थाका निवर्तमान अध्यक्ष रतनबहादुर कठायतले दुई हजार ७७५ मत तथा अध्यक्षका अर्का प्रत्यासी ईश्वरप्रशाद जोशीले ५१९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा डा गोविन्दराज जोशी विजयी हुनुभएको छ । सत्र जना सञ्चालक सदस्यमा इन्दिरा जैशी, कृष्णबहादुर चौधरी, खेमराज पाण्डेय, गोपालराज पाठक, घनबहादुर शाह, चेतराज ओझा, देवबहादुर बम, त्रिलोक्यनाथ जोशी, केशव मिश्र, जनकराज जोशी र जयराज जोशी निर्वाचित हुनुभएको छ ।

यस्तै लेखा समितिको संयोजकमा चेतराज जोशी तथा सदस्यमा लक्ष्मीराज पन्त र गोपीलाल चौधरी निर्वाचित हुनु भएको छ । जिल्ला प्रतिनिधिमा गौरीकुमारी लामा निर्वाचित हुनुभएको छ । प्रधान कार्यालय धनगढी र कार्यक्षेत्र कैलाली, बर्दिया र कञ्चनपुर रहेको उक्त संस्थामा १७ हजारभन्दा बढी शेयर सदस्य रहेका छन् । आठ हजार ८२९ शेयर सदस्यले मतदान गरेका थिए । विसं २०५१ मा स्थापना भएको उक्त संस्थाले गत आवमा रु आठ करोड ७७ लाख ९१ हजार खुद मुनाफा गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न