अर्थभूमी साकोसको शिक्षा सिविर सम्पन्न


बलराम के सी
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा सहकारी सदस्य शिक्षा शिविर सञ्चालन गरिएको छ । अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको हो ।

 

शिक्षा शिविरमा सहकारीको परिचय, यसको महत्व, सहकारीमा बचत गर्दा हुने फाइदा, सहकारीले प्रवाह गर्ने ऋण, ऋण लिने तरिका लगायतका विषयमा जानकारी गराइएको थियो । शिविरको अर्थभूमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शिक्षा उपसमिति संयोजक रमेश शर्मा र सहकारीका व्यवस्थापक मन कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

 

अर्थभूमि साकोसले चालु वर्षमा संस्थाको कार्यक्षेत्रभित्र विभिन्न स्थानमा सहकारी शिक्षा सञ्चालन गर्ने जनाएको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गर्नु पर्ने व्यवस्था अनुसार सहकारी संस्थाले सहकारी शिक्षा शिविर सञ्चालन गर्दै आएको छ ।

 

कार्यक्रम अर्थभूमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन