दीपज्योती साकोसको क्षमता अभिबृद्धि
चितवन । दीपज्योती साकोस चितवन भरतपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा चितवनको माडीमा सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
तालिममा संस्थाका सञ्चालक, उच्च व्यवस्थापक, विभिन्न उपसमिति, लेखाका कर्मचारी गरी कुल २२ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिना र तालिम अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।