नेफ्स्कूनको थाईल्याण्ड भ्रमण उपलब्धि पूर्ण


काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रतितिधिहरु नाङखुङ क्रेडिट युनियन बैंककको निमन्त्रणमा साता व्यापी थाईल्याण्डमा सहकारी अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न गरी बिहिबार स्वदेश फर्किएका छन् । नेफ्स्कूनका संचालक गोमा नेपाल सापकोटाको नेतृत्वमा देश भरका ४० जना सहकारीकर्मीहरु गत चैत्र ९ गते काठमाडौँबाट थाईल्याड प्रस्थान गरका थिए ।


सगरमाथा, धौलागिरी, कञ्चनजङघा र माछापुछ्रे गरी चार समूहमा विभाजन गरिएको नेफ्स्कूनका प्रतिनिधिहरुले थाईल्याण्डको क्रेडिट युनियनको अध्ययन तथा अवलोकन गरेका थिए । थाईल्याड भ्रमण उपलब्धि मुलक भएको धौलागिरी समूहका संयोजक तथा विराज बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष दिनेश कुमार मगरले जानकारी दिएका छन् ।


नाङखुङ क्रेडिट युनियनले एक कार्यक्रम योजना गरी नेपालका सहकारीहरुकर्मीलाई विशेष स्वागत तथा सम्मान गरेको भ्रमण टोलीका सदस्य रामप्रसाद दाहालले सहकारी नेपाललाई बताएका छन् । नेफ्स्कुन भम्रण टोलीले थाईल्याडको गोल्डेन टेम्पल ,मोगा टेम्पल, पटैयाको समुन्द्रमा वोट सफारी लगायत विभिन्न सांस्कृतिक तथा पर्यटन क्षेत्रको समेत भ्रमण गरेको थियो ।
थाईल्याड भ्रमण टोलीमा जगनाथ अधिकारी, भुवनबहादु बस्नेत, लालबहादुर भट्ट, पदमलाल भट्टराई, राजकुमार वि।क, रामप्रसाद दाहाल सहभागी रहेका थिए । त्यसै गरी भ्रमणमा संगीता गौतम ,कृष्ण गुरुङ, केदारबहादुर जिरेल, विनिता कार्की , सिता कार्की, चुडामणी कटेल, कुमार केसी , राजेश खड्का, सर्मिला खत्रि, शान्त खनाल, कृष्णराज खतिवडा , जनक खत्रि ,टेकराज कोइराला , कुमारप्रसाद लामिछाने , दिनेशकुमार मगर रहेका थिए ।


गोविन्द्र मर्हजन, महेशकुमार मोदक , गोविन्द्र पहाडी , पदमराज पन्थी , नौतम पोखरेल , विष्णु पौडेल, ज्ञानु पौडेल, विना राई,उर्मिला राना , विजय साह, कृष्णप्रसाद शर्मा , नवराज श्रेष्ठ , देवलक्ष्मी सेउला , शतेन्द्रप्रसाद ठाकुर , बुद्धीमान थापा , किशोरबहादुर थापा , रेणुका थापा र सुनिल तिमल्सिनाले समेत थाईल्याडको भ्रमण गरेको थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर