मिलिजुली साकोस र ध्रुवतारा कृषि सहकारी एकीकरण


दोलखा । भीमेश्वर नगरपालिका वडा नम्वर ६ मा अवस्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि र भीमेश्वर नगरपालिका वडा नम्वर ७ मा अवस्थित ध्रुवतारा कृषि सहकारी संस्था लिबीच एकीकरणको प्रारम्भीक सम्झौता भएको छ।

 

एकीकरण पछिको संस्थाको नाम मिलिजुली वचत तथा ऋण सहकारी संस्था लि हुनेछ र एकीकरण पछीको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको उद्देश्य बचत तथा ऋण हुनेछ ।

 

दुई संस्था एकीकरणको लागि मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिको तर्फबाट संस्थाको एकीकरण कार्यदल र कर्मचारी तथा ध्रुवतारा कृषि सहकारी संस्था लि को तर्फवाट सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालक समितिबीच संयुक्त बैठक बसी एकीकरण प्रक्रिया अगाडि वढाउने निर्णय तथा प्रारम्भीक सम्झौता भएको हो।

 

 

एकीकरणका लागि आवश्यक पर्ने सर्त तथा कार्यविधि र अवधारणापत्र को मस्यौदा तयार पार्नको लागि मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिका प्रमुख कार्यकारी अधिकृत एवं मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको एकीकरण कार्यदलका सदस्य ईश्वर न्यौपानेलाई जिम्मेवारी तोकिएको छ

 

उक्त ड्राफ्ट माथि छलफल गरी निश्कर्षमा पुग्नक लागि पाँ सदस्यीय संयुक्त कार्यदल गठन गरिएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर