आज ६१ औं सहकारी दिवस


काठमाडौं – देशभर आज ६१ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । राष्ट्रिय सहकारी महासंघ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लागायतको आयोजनामा देशभर सहकारी दिवसका अवसरमा विविध कार्यक्रम भइरहेका छनन् ।

 

दिवसको अवसरमा साताव्यापी कार्यक्रम भएको छ । ¥याली, अन्तरक्रिया, रक्तदान, ब्डामिन्टन, वक्तृत्वकलालगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
राष्ट्रिय सहकारी महासंघले यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरेको छ । अघिल्लो वर्षमा पनि यहीँ नाराका साथ दिवस मनाइने गरिएको थियो ।

 

विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनलाई नै स्थापना दिवस मनाउने गरिएको छ । सहकारी विभागका अनुसार देशभर ३४ हजार सहकारी छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर