चितवन जिल्ला बचत संघ उत्कृष्ट घोषणा


काठमाडौं । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ उत्कृष्ट घोषणा भएको छ । राष्ट्रिय सहकारी महासंघले ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरका संघहरुमध्ये उत्कृष्ट संघको रुपमा घोषणा गर्दै उत्कृष्ट सहकारी पुरस्कार २०७४ बाट पुरस्कृत गर्ने भएको छ ।

महासंघले अन्तराष्ट्रिय दिवसको अवसरमा पुरस्कृत गर्नेगरी पुरस्कारको घोषणा गरेको हो । सो अवसरमा उत्पादनतर्फ उत्कृष्ट काम गरेको भन्दै चितवनको भण्डारा दुग्ध उत्पादक सहकारी संस्था पनि पुरस्कृत गर्ने घोषणा गरेको छ ।

 

सहकारी पुरस्कार संयोजक चन्द्रप्रसाद ढकालले पुरस्कृत हुने संघसंस्थाको नाम महासंघको बैठकले छनोट गरेको सो अवसरमा बताउनुभएको थियो । महासंघले सात प्रदेशमा रहेका सहकारीमध्ये एकएकवटा संस्था छनोट गरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७४ घोषणा गरेको छ ।

 

महासंघले प्रदेश १ नम्बर अन्र्तगत झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, प्रदेश २ मा धनुषाको साना किसान सहकारी संस्था, प्रदेश ३ मा रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कार दिने घोषणा गरेको छ ।

 

त्यस्तै प्रदेश ४ मा बाग्लुङको सिवाईसी बचत तथा ऋण सहकारी, प्रदेश ५ मा नवलपरासीको श्री पञ्ननगर महिला कल्याण कृषि सहकारी संस्था, प्रदेश ६ मा सल्यानको जनसेवी कृषि सहकारी संस्था, प्रदेश ७ मा कैलालीको सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न