देशको विकासका लागि सहकारीको विकल्प छैनः प्रधानमन्त्री


दोस्रो सहकारी महासम्मेलन

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएको बताउनुभएको छ । सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने उहाँको भनाई छ ।

राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको दोस्रो सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमार्फत नै आर्थिक संमृद्वि हासिल गर्न सकिनेमा सरकार विश्वस्त रहेकाले सरकारले सहकारीलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । अर्थतन्त्र दुर्तगतीमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालनबाट नै नभएको देश संमृद्वि बन्छ । सहकारीले प्रकृतिक स्रोत, साधन सदुपयोग गर्न सके मात्र देशले छिटो गति लिन सक्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । जग्गा खण्डीकरण र प्लटिङ गर्ने गरेकाले कृषि उत्पादन खस्कदै गएको उले बताउनुभयो । खण्डीकरण भएको जग्गा जमिन एकीकृत गरी सहकारीमार्फत उत्पादनमा जोड दिनुपर्छ उहाँले भन्नुभयो ।

कृषि उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउने बताउनुभयो । ‘सहकारीले कृषिमा लगानी बढाएर व्यापारघाटा कम गर्न सक्छ’ उहाँले भन्नुभयो । कृषिको आधुनिकरण, व्यवसायिकरणका लागि राज्यले उचित दिने उहाँले बताउनुभयो ‘ आर्थिक उत्पादानमा सहकारीको भूमिका बढाउन तपाइहरु भिजन, योजना र प्रतिवद्वतासहित आउनुहोस्, सरकार सहजिकरण गर्न तयार छ’ उहाँले भन्नुभयो ।

सहकारीले उत्पादनका साथै उद्योग, व्यापार व्यावसायमा जोड दिनुपर्ने बताउनुभयो । ‘सहकारीमार्फत देशको मुहार फेर्न सकिन्छ, त्यसका लागि सहकारीको कार्यदिशा स्पष्ट हुनुपर्छ’ उहाँले भन्नसभयो । सहकारीले सदस्यको जीवनस्तर उकास्ने कुरामा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

‘सहकारीले मानव स्रोतको विकास र यसकोे समुचित प्रयोगमा ध्यान दिन सकोस्’ उहाँले भन्नुभयो । कृषिमा दुई तिहाई आश्रित जनसंख्यालाई न्यूनिकरण गर्न आवश्यक भएको उहाँको भनाई छ । कृषिमा आश्रित जनसंख्यालाई अन्य क्षेत्रमा लगाउनुपर्ने उहाँले बताउनुभयो । ‘कुल ग्राहस्थ उत्पादनमा कृषिको एक तिहाई योगदानलाई बढाउनुपर्छ’ उहाँले भन्नुभयो ।

समय, जमिन र पानीको सही प्रयोगबाट देशले मुहार फेर्न सक्ने उहाँले बताउनुभयो । ‘सरकार योजनाबद्व ढंगले देश विकासमा जुटेको छ’ उहाँले भन्नुभयो । संयुक्त राष्ट्र संघले अघि सारेको दीगो विकास लक्ष्य प्राप्तिका लागि सरकार कटिवद्व भएको उहाँले बताउनुभयो । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले असाधारण योगदान दिन सक्छ’ उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक लोकतन्त्र बलियो नभएसम्म राजनीतिक अर्थतन्त्र बलियो हुन नसक्ने बताउनुभयो । आर्थिक रुपान्तरणका लागि सहकारी सशक्त माध्यम हुने उहाँको भनाई थियो । ‘हामी सहकारीलाई साथमा लिएर देश विकासमा जुट्न क्रियाशील भएका छौं’ उहाँले भन्नुभयो । खाद्य, स्वास्थ्य, उर्जा, र श्रम व्यवस्थापनमा सहकारीले सशक्त योगदान दिन सक्ने उहाँले बताउनुभयो । सहकारी–नीजि, सहकारी सार्वजनिक र नीजि–सहकारी अवधारणमा देश अघि बढ्ने उहाँको भनाई थियो ।
प्रत्येक वर्ष ५ लाख युवाहरु श्रम बजारमा आउने गरेपनि अधिकांश युवाहरु विदेशिन वाध्य भएको बताउनुभयो । ‘अब प्रत्येक वर्ष १० लाख युवाले नेपालमै रोजगारी पाउने गरी सहकारीले लगानी गर्नुपर्छ’ उहाँले भन्नुभयो । रोजगारी सिर्जनाका लागि सरकार कटिबद्व छ ।
समाज र सदस्यप्रति उत्तरदायित्व भएर सहकारीले संख्यात्मक विकाससँगै गुणात्मक विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । सहकारी ऐनमा कमीकमजोरी भए संशोधन गर्दै अघि बढ्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयो । सदस्य नचिन्ने सहकारी आवश्कय नभएको उहाँको भनाई थियो । सहकारीमार्फत गरिवी शुन्यमा झार्दै उद्यमशिलताको विकास गर्न आवश्यक भएको उहाँको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन