सहकारीमार्फत नयाँ मोडलमा विकास गर्छौ– प्रचण्ड


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारीमार्फत नयाँ मोडेलमा देशको आर्थिक विकास गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघ र सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै दाहालले सहकारीमार्फत आर्थिक संमृद्वि हाशिल गरिने बताउनुभयो । ‘अब सहकारीमार्फत देश नयाँ उचाईमा पुग्छ, सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ’ उहाँले भन्नुभयो । राजनीतिक स्थायित्व देशले पार गरिसकेको भन्दै प्रचण्डले सामाजिक न्यायसहितको आर्थिक मोडेलमार्फत देश नयाँ उचाईमा पुग्ने बताउनुभयो । शान्ति, स्थात्वि र संमृद्विका लागि सहकारी अपरिहार्य भएको उहाँको भनाई थियो ।

संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारीको विकल्प नभएको उहाँले बताउनुभयो । ‘सहकार्य र श्रमको सही प्रयोगबाट नै देशले आर्थिक छलाङ मार्न सक्छ’ उहाँले भन्नुभयो । स्थायित्व, सुशासन र संमृद्विको बाटोमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

धनी र गरिबबीचको खाडल अन्त्य गर्दै सहकारीमार्फत उत्पादन र वितरण प्रणालीमा जोड दिन आवश्कय भएको उहाँले बताउनुभयो । राष्ट्रलाई एकताको सुत्रमा बाँडनका लागि सहकारी मुख्य माध्यम भएको उहाँको भनाई थियो । सुशासन र संमृद्व देशका लागि नयाँ मोडलमा जान सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरिल ग्वार्कोले सहकारीले आर्थिक र सामाजिक विकासमा उच्च योगदान दिएको बताउनुभयो । सामाजिक न्यायका क्षेत्रमा नेपालको सहकारीले रचनात्मक काम गरेको उहाँको भनँई थियो ।

भारतीय सहकारी संघका अध्यक्ष चन्द्रपालसिंहले दीगो विकासका लागि सहकारीले महत्वपूर्ण योगदा दिने बताउनुभयो । ‘देशको संमृद्विका लागि सहकारीको भूमिका उच्चतम हुन्छ’ उहाँले भन्नुभयो । देशको विकास र असमानता अन्त्य गर्दै सहकारीले उत्पादन र विकासका लागि जोड दिनुपर्ने बताउनुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले महासम्मेलनपश्चात सन् २०२० सम्म निर्दिष्ट गरेको लक्ष्य पूरा गर्नेमा विस्वस्त रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले महासम्मेलनले सहकारीको स्पष्ट कार्यदिशा तय गरेको जानकारी दिनुभयो । ‘अब सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसका लागि गाइडगाइन तय भएको छ’ उहाँले भन्नुभयो । सरकारले प्रत्येक स्थानीय तहमा एकजना अधिकृततहको कर्मचारी राख्नुपर्ने, हरेक तहमा सरकारले तालिम, प्रशिक्षण, पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन