विभिन्न १० बुँदै घोषणा पत्र जारी गर्दै सकियो सहकारी महासम्मेलन


काठमाडौं । विभिन्न १० बुँदै घोषणा पत्र जारी गर्दै राजधानीमा दुई दिन सम्म चलेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । दिगो विकास लक्ष्य पुुरा गर्न सरकार, नीजि क्षेत्र तथा सहकारी सहितको तिनखम्वे अर्थनीतिलाई अवलम्वन गरी समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध रहने, संवैधानिक व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय सरकारले बनाउने ऐन, कानुन, नीतिमा एकरुपता ल्याउन तथा सहकारी मैत्री बनाउन आपसी समन्वय र सहकार्य गर्ने, सहकारीको स्वनियमन प्रणाली प्रभावकारी बनाउने लगायत १० बुँदे घोषणा पत्र जारी भएको हो । मंगलबार देखि सुरु भएको महासम्मेलनले पिछडिएका, गरिब, सिमान्तकृत तथा वित्तिय क्षेत्रमा पहुच नपुगेकाहरुलाई विशेष प्राथमिकतामा राखि उनीहरुको सीप तथा क्षमता अभिबृद्धि गराउँदै आर्थिक सामाजिक सवलीकरणमा योगदान पु¥याउने, संबिधानत प्राप्त छुट, सुविधा तथा सहुलियतहरुको उपयोगका लागि आवश्यक पहल चाल्ने, निर्बाहमुखी कृषि प्रणालीलाई व्यवसायिकीकरण गर्ने,  सहकारी, निजी र सरकारको साझेदारीमा व्यवसायिक कृषिको अवधारणा ल्याउँदै कृषिउत्पादन, प्रशोधन र बजारीकरण बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग गर्ने उल्लेख छ । यस्तै सवै तहका सहकारी संघ संस्थाहरुलाई व्यवसायीक बनाउने, सहकारीको सहभागितालाई बृद्धि गर्दै यसको लाभ अधिक रुपमा उठाउन सक्ने बनाइन, सहकारी सुरक्षण/बिमा लगायतका सामाजिक सुरक्षण कार्यक्रम लागु गर्न पहल गन, पिछडिएका भौगौलिक क्षेत्रमा सहकारीको पहुच बृद्धि तथा अत्याधिक संख्यामा सहकारीहरू स्थापना भएका स्थानमा सहकारी विच एकीकरणमा जोड दिदै सहकारीको दक्षता विकास गर्ने घोषणा पत्रमा उल्लेख छ । दुई दिन सम्म चलेको महासम्मेलनमा नेपालका ७३ जिल्ला सहित भारत, चीन, भुटान, बंगलादेश, पाकिस्तान, जापान, कोरिया लगायतका मुलुकका प्रतिनिधि गरि १ हजार जना सहकारीकर्मीको सहभागिता रहेको थियो ।

दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन२०७४ कोघोषणा–पत्र

संयुक्त राष्ट्रसंघद्वारा घोषित दिगो विकास लक्ष्य २०३० ले लिएकालक्ष्यहरु प्रति ऐक्वद्धता जनाउँदै कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजना तथा नेपाल राष्ट्र वैंक, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी वैंक र नेपाल वहुउद्देश्यीय केन्द्रीय सहकारी संघको सहआयोजना तथा आइएलओ उन्नती परियोजना नेपाल, साहारा नेपाल, आइ.एम.इ. कोपरेटिभ सर्भिसेस, मेटलाइफ, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेपाल केन्द्रीय कृषि सहकारी संघ,  साना किसान विकास वैंक र सुविसुको सहयोगमा सन् २०१८ अप्रिल ४ देखि ५ तद्अनुसार चैत्र २१ देखि २२, २०७४ सम्म सोल्टी क्राउनप्लाजा होटल, काठमाडौंमा “दिगो विकास लक्ष्य प्राप्तीकालागि सहकारी” मूलथिमका साथ संचालन गरेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन आज सफलतापूर्वक सम्पन्नभयो ।

यस महासम्मेलनमा चीन, भारत, मलेशिया, पाकीस्तान, इन्डोनेसीया, कोरीया श्रीलङ्का, ब्रसेल्स, सिङ्गापुर नेपाल, दक्षिण कोरिया, २२ जना सहकारीका प्रतिनिधिहरू तथा ७३ जिल्लाका करीव ११५० जना नेपालका सबै तहका सहकारीका सक्रिय प्रतिनिधिहरू सहभागी थिए ।

यस महासम्मेलनको उद्घाटन समारोह विदेशी तथा स्वदेशी प्रतिनिधिहरूका वीच सम्पन्न भयो । यस महासम्मेलनको पहिलो, दोश्रो दिन विभिन्न सहकारी सम्बन्धी विषयहरू विभिन्न सत्रहरूमा प्रस्तुत भई सम्बन्धित विज्ञहरूले प्रस्तुत कार्यपत्रहरू माथि आ–आफ्ना विचारहरू व्यक्त गर्नु भई कार्यक्रम सम्पन्नभयो ।

कार्यक्रमका सत्रहरू समाप्त भएपछि महासम्मेलनका सहभागीहरूद्वारा निम्न वुँदाहरू सहमति जनाइएको घोषण पत्रजारी गरियो।

१. दिगो विकासका लक्ष्य २०३० लाई हासिल गर्न सरकार, नीजि क्षेत्र तथा सहकारी समेतको तिनखम्वे अर्थनीतिलाई अवलम्वन गरी उत्पादन, सेवा र वितरणका माध्यमवाट आयआर्जन, रोजगार सृजना, गरीबि न्यूनीकरण गर्देै समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध छौं।

२. संवैधानिक व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय सरकारले बनाउने ऐन, कानुन, नीतिमा एकरुपता तथा सहकारी मैत्री बनाउन आपसी समन्वय र सहकार्य गर्ने ।

 ३. सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी संघ÷संस्थाहरुको सुसञ्चालनमा प्रतिवद्ध रहँदै स्वनियमन प्रणालीलाई प्रभावकारी बनाई सुशासन कायमगर्ने ।

 ४. पिछडिएका, गरिब, सिमान्तकृत तथा वित्तिय क्षेत्रमा पहुच नपुगेका तथा युवा र महिलाहरुको सहभागीता बृद्धि गरी उनीहरुको सीप, क्षमता अभिबृद्धि गरी नविन प्रविधि र उद्यमशिलताका माध्यमबाट आर्थिक सामाजिक सवलीकरण गर्ने।

५. संबिधान, विभिन्न ऐन तथा नीतिहरूले उपलब्ध गराएका छुट, सुविधा तथा सहुलियतहरुको निर्वाध उपयोग गर्नका लागि आवस्यक पैरवी तथापहलकदमी गर्ने ।

६. निर्बाहमुखी कृषि प्रणालीलाई व्यवसायिककरण एव सहकारी, निजी र सरकारको साझेदारीमा कृषि मूल्यश्रृखला प्रवद्र्धनको माध्यमबाट ब्यबसायिक कृषि प्रणालीमा रुपान्तरण गर्दै कृषिउत्पादन, प्रशोधन र बजारीकरण बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग गर्ने।

७. समयानुकुल शिक्षा, तालिम एबम सूचना प्रणालीमा परिमार्जन तथा पाठ्यक्रम विकास गरी आवाश्यक जनशक्तिको विकास मार्फत सवै तहका सहकारी संघ संस्थाहरुलाई व्यवसायीक बनाउने ।

 ८ शिक्षा, स्वास्थ्य, बिद्युत, पर्यटन,आवास लगायतका राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा सहकारीको   सहभागितालाई बृद्धि गर्दै यसको लाभ आधिकाधिक जनसमुदायसम्म पुर्याउने।

९. सदस्य तथा ब्यबसायका सुरक्षण र सहकारी क्षेत्रको जोखिम बहन क्षमता अभिबृद्धि गर्न सहकारी सुरक्षण÷बिमा लगायतका सामाजिक सुरक्षण कार्यक्रम लागु गर्न पहल गर्ने।

१०. पिछडिएका भौगौलिक क्षेत्रमा सहकारीको पहुच बृद्धि तथा अत्याधिक संख्यामा सहकारीहरू स्थापना भएका स्थानमा सहकारी विच एकीकरणमा जोड दिदै सहकारीको दक्षता विकास गर्ने ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर