उत्कृष्ट विषयगत संघ पुरस्कार जिल्ला बचत तथा ऋण सहकारी संघलाई


सुमन जि.सी,
बागलुङ । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङ स्थित जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङ उत्कृष्ट संघको रुपमा सम्मानीत भएको छ ।

सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि. बागलुङले आयोजना गरेको प्रभातफेरी पश्चातको मुल समारोहमा जिल्लामा स्थापना भएका विषयगत संघहरु मध्येबाट सहकारी अभियानमा उल्लेखनीय योगदान पु¥याए वापत बचत तथा ऋण सहकारी संघ लि. बागलुङलाई जिल्लाको उत्कृष्ठ संघको रुपमा पुरस्कृत तथा सम्मान गरिएको थियो । संघ यस पूर्व नै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको २६ औं वार्षिक साधारण सभाका अवसरमा देशकै उत्कृष्ठ संधको रुपमा पुरस्कृत र सम्मान भईसकेको छ ।

बागलुङ जिल्लामा स्थापना भएका बचत तथा ऋण सहकारी संस्थाहरुको माध्यमबाट छरिएर रहेको पुँजी र संस्थाहरुलाई संगठित गराई स्थानीय स्तरमा रोजगार र स्वरोजगार सिर्जना गर्ने अभिप्रायले २०५४ साल आश्विन १४ गतेका दिन संघको स्थापना भएको थियो । स्थापनाको १८ वर्षसम्म निस्कृय रहेको यस संघ मिति २०७१÷११÷३० गते सम्पन्न तेश्रोे साधारण सभाबाट चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा १३ सदस्यीय सञ्चालक समिति सर्वसम्मतिले चयन भए पश्चात संघले जिल्लाको सहकारी अभियानमा छाएको शून्यतालाई सदस्य संस्था, सञ्चालक, लेखा तथा सुपरीवेक्षण समिति र सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम, गोष्ठि, सम्मेलन जस्ता कार्यक्रमहरु सञ्चालन गरी सकृयताको छोटो समयमा उत्कृष्ठ संघको रुपमा आफुलाई स्थापीत गर्न सफल भएको छ ।

जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको संघमा हाल जिल्लाका ८७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध छन भने १ करोड ५० लाख बराबरको सम्पती रहेको छ । संघले सदस्य संस्थाहरुलाई तालिम तथा क्षमता अभिबृद्धिका साथसाथै संस्थाहरुलाई आवश्यक पर्ने खातापाता र पुँजीको अभाव भएका संस्थाहरुका लागि ऋण लगानी समेत गर्ने गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको