सहकारीले उत्पादनमा जाेड दिनुपर्ने


देहाती । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ”दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी“ नारा सहित ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. अध्यक्ष राजेश पडितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, संस्थाका उपाध्यक्ष असगर अलि अंसारी स्वागत भाषण गरेका थिए भने अतिथिहरुमा जिल्ला कृषि सहकारी संघ लि. अध्यक्ष शिवजी साह,शिवम् बचत तथा ऋण सहकारी संस्था लिका प्रबन्धक राजेन्द्र जैसवाल , जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगनारायण सिंह, लालि गुराँस बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरेराम पटेल, बिस्कोका प्रबन्धक गोबिन्द श्रेष्ठ, स्वातिक बचत तथा ऋण संस्था लि प्रतिनिधि राकेश यादव, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ फिल्ड कार्यालय वीरगंजका प्रबन्धक ब्रिजेश गुप्ता, राष्ट्रिय सहकारी बैक वीरगंजका प्रबन्धक युराज त्रिपाठी, भगवती बचत तथा ऋण सहकारी संस्था लि. प्रतिनिधि रामनिवास देहाती रहेका थिए , अतिथीहरुले आ आपनो शुभ कामना मन्तव्य राखेका थिए ।

सो अन्रक्रिया कार्यक्रममा सहकारीबाट समृद्वीको लागि उत्पादनतिर जोड दिएका थिए र सोही अनुरुप बन्द रहेको वीरगंज चिनी कारखाना सहकारीबाट चलाउनु पर्नेमा सबैको जोड थिए ।

कार्यक्रमको समापन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. अध्यक्ष राजेश पडितकोे गर्नु भएको थियो कार्यक्रम संचालन अरबिना खातुनले गर्नु भएको थियो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन