सहकारी स्थानीय तहलाई हस्तान्तरण


बनियानी, झापा । डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका÷नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सहकारीको अभिलेख हस्तान्तरण गर्नुभएको थियो ।

 

डिभिजन सहकारी कार्यालयका अधिकृत दुर्गाप्रसाद न्यौपानेले नयाँ संविधान र सहकारी ऐन २०७४ को प्रावधानअनुसार यही चैत महिनाभर मात्र डिभिजन सहकारी कार्यालय अस्तित्वमा रहने भएकाले स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरिएको बताउनुभयो । जिल्लामा सबैभन्दा धेरै सहकारी बिर्तामोड नगरपालिकामा १३२ र सबैभन्दा कम झापा गाउँपालिकामा २१ सहकारी छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन