सहकारीमा लैंगिक न्याय 


परितोष पौड्याल

वित्तीय सहकारीमार्फत महिला सशक्तीकरणका विषमा ध्यान दिनुपर्ने विषयवस्तु  : मुलुकको समृद्धिको यात्रामा नेपाल यतिबेला युगान्तकारी ऐतिहासिक बिन्दुमा छ । राष्ट्रनिर्माणको यो महत्वपूर्ण आयाममा मुलुकको नयाँ आर्थिक प्रणालीलाई संस्थागत गर्न कानुनी प्रणाली, वित्तीय प्रणाली र आर्थिक प्रणालीको संगठनात्मक संरचना र पुनर्संरचनामा लैंगिक न्यायको विषय आधारभूत विषय हो ।

 

अर्थव्यवस्था र सामाजिक प्रणाली अभियानको लैै‌ंगिक न्याय र वित्तीय समावेशीकरणको विषयमा संविधानले निर्दिष्ट गरेको तीनै तहका सार्वभौम सरकारको प्रतिबद्धतामा सहकारी अभियानको ऐक्यबद्धता मात्र भयो भने हामी मानव विकास र समाज विकासको समष्टिगत विकासको यात्रा समृद्धिको यात्रा तय गर्न सक्नेछौ । नेपालको संविधानले नयाँ अर्थव्यवस्था र सामाजिक प्रणाली तथा राजनीतिक विचारधारा र संस्कृतिको गन्तव्यको रूपमा समृद्धि, समानता र न्यायसहितको समाजवादको कल्पना गरेको छ । समाजवादको प्राप्तिको दिशामा नेपालको वर्तनमान संविधानले अगाडि सारेको नयाँ आर्थिक प्रणालीमा तीन स्तम्भहरू (राज्य, सहकारी र निजी) को साझेदारीमा समृद्धिको योजना बनाउनु पर्दछ । वर्तमान परिप्रेक्षमा समृद्धि आम जनजिब्रोको बोली वन्दैछ ।

 

यो सकारात्मक भावना र मनोवृत्तिले मात्र सम्भव हँुदैन । समृद्धिको यात्राको दिशा र दृष्टिकोणको विषयमा अन्योलता छ । लैंगिक न्यायको लागि मानिसको यथाअवस्था रहन चाहने गुण र पुरुष प्रधान विशेष हैसियतमा परिवर्तन ल्याई नागरिक तहमा सम्पूर्ण आर्थिक समावेशीकरण र परिस्थितिको ठोस विश्लेषणको आधारमा वित्तीय क्षेत्रमा महिलाको अवसर र पहुँच  आवश्यक छ । नयाँ युवा पुस्तालाई मानव अधिकार, संस्कृति, व्यापार, वातावरणीय सरोकार, वित्त र व्यापारमार्फत नेपालको समृद्धिको यात्रामा प्रेरित गर्नुपर्दछ । नागरिक समृद्ध नभएसम्म मुलुक समृद्ध हुँदैन ।

 

समृद्धिको आयाम नागरिक बचत हो । नागरिक पुरुष र महिला दुवै हो । सहकारी अभियानले बचतलाई संस्थागत र औपचारिकता दिन आजका दिनसम्म महिलाको ठूलो हिस्सालाई अनिवार्य नियमित बचतको प्रेरणा दिँदै आयो । अब वित्तीय सहकारीले महिलालाई लघुवित्तमार्फत गुजरामुखी व्यवसाय र बचत गर्नमात्र होइन, महिलाको बचतलाई औद्योगिक लगानीमा परिवर्तन गर्न प्रेरणा दिनु दिँंदै महिलाको व्यावसायिक नेतृत्वमा संयुक्त पुँजी कम्पनीको निर्माण गरी ठूलो औद्योगिक प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र विकासको समेत नेतृत्व लिनु पर्दछ । बचतलाई औद्योगिक तथा आयमूलक क्षेत्रमा लगानी गर्न अभ्यस्त बनाउनु पर्दछ ।

 

यसको लागि सहकारीमार्फत महिला उद्यमशीलता विकासमा पनि प्रभावकारी ध्यान दिनु पर्दछ । सैद्धान्तिक पक्षको गतिशीलता र प्रविधिको विशिष्टता तथा नैतिक पक्षको नेतृत्वलाई आत्मसात् गर्दै दिगो विकासलाई सम्बोधन गर्नु पर्दछ । समावेशी उदारवादले परिणाममुखी समृद्धिको यात्रासँग प्रस्तुत दुई विषयहरू राज्यको वृद्धि र विकासको योजना, लक्ष्य र उद्देश्यसँग सापेक्ष हुनु पर्दछ ।

 

 सामान्यत सहकारी अभियान जाति, भाषा, धर्म, लिंग र राजनीतिबाट निरपेक्ष क्षेत्र हो । न्याय सम्पादन, न्यायमा पहुँच र कानुनको शासनको लागि लैंगिक, कानुन र विकासको सम्बन्धलाई लैंगिक हो । जहाँ पुरुषको विशेष हैसियत, शक्ति र भौतिक साधनको माध्यमबाट व्यक्ति र समाज सञ्चालनको यस्तो शक्ति सम्बन्ध हो जसले पुरुष र महिलाको बीचमा, महिला र राज्यको बीचमा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रस्तुति हो । समाज विज्ञानमा विकसित भएका मानिसका स्वतन्त्रता, समानता र समृद्धिको आयामको सशक्तीकरणको आधारमा नेपालको संविधान, २०७२ ले तीन खम्बे अर्थनीतिलाई संम्बोधन गरेको छ ।

 

यही तीनखम्बे अर्थनीति (निजी, सहकारी र सार्वजनिक) लाई आधार बनाई समाजवादको स्थापना गर्ने परिकल्पनामा सामाजिक रूपमा रहेका लैंगिक असमानताको निषेध प्रमुख पक्षको रूपमा रहेको हुन्छ । राज्यको यो परिकल्पनालाई साकार पार्न सहकारी क्षेत्रको विषयमा तीनै तहका सरकारको विशिष्ट ध्यान दिनु पर्दछ । तीनै तहका सरकारले संविधानले निर्दिष्ट गरेका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय अधिकारको सुरक्षा र बहालीका लागि सहकारीसँग साझेदारी गर्नु पर्दछ ।

 

 सहकारीमा लैंगिक सशक्तीकरणका आयामहरू :   सहकारी अभियानमार्फत सबै सदस्य, कर्मचारी र स्वयंसेवीहरूको क्षमता अभिवृद्धि गर्नु पर्दछ । समाजको गतिशीलतासँगै लैगिंक विभेदको अनेकांै आयामको विश्लेषण गरी सदस्यहरूलाई जागरण, सशक्तीकरण र व्यवसायीकरणको लागि नियमित तालिम र शिक्षा उपलब्ध गराउनु पर्दछ । ड्ड सहकारीमा लैंगिक मैत्री नीतिेमार्फत सकारात्मक विभेदको अवधारणा स्थापित गर्नु पर्दछ ।ड्ड लैंगिक समतामार्फत वित्तीय पहुँच र वित्तीय समावेशीकरणको विषय र संंस्थाका उत्पादन र सेवामा लैगिक मैत्री अवधारणाको विषयमा विशेष कार्यक्रमका लागि संस्थाको रणनीतिक योजना, नीति, बजेट र प्रतिवेदनमा राख्नुपर्दछ ।

 

सहकारीमा महिला सशक्तीकरणका मूल क्षेत्रहरू पारिवारिक क्रियाकलाप, आर्थिक क्रियाकलाप र सामाजिक क्रियाकलापलाई सहकारीको नीति, विधि र प्रविधिले सम्बोधन गर्नु पर्दछ । प्रस्तुत विषयहरूलाई सम्बोधन गर्न वित्तीय सहकारी संस्थामा महिलाको नेतृत्व विकास आवश्यक हुन्छ । सबै सहकारी संघसंस्थाको सञ्चालक समितिमा महिला उपसमितिको निर्माणमार्फत महिलाको जीवन पद्धति, वित्तीय शिक्षा, व्यावसायीक शिक्षा, सभ्यताको शिक्षा र प्रजनन स्वास्थ्यको विषयमा ध्यान जानु पर्दछ ।

 

सहकारी अभियानको सबै तहमा महिला सशक्तीकरण उपसमितिको निर्माणमार्फत महिलाको जीविकाको स्तर र दैनिक कामकाजी क्षमताको अभिवृद्धि गरी महिलालाई चुलोचौकावाट सार्वजनिक जीवनमा ल्याउनु पर्दछ । सहकारीमा महिलाको नेतृत्व विकासका लागि तालिम गोष्ठिमा सहभागिता, महिलाको जीवन पद्धति, इच्छा र आकांक्षा परिपूर्तिको लागि प्रशिक्षित गर्नु, जिम्मेवार स्थानमा महिलाको पहुँच र अवसर विस्तार गर्नु, व्यावसायिक ऋणको लागि शिक्षा दिनु, नैतिकरूपमा मात्रै होइन भौतिक रूपमा पनि महिलालाई टेवा दिनु, वित्तीय स्वतन्त्रता, महिलाको स्वेच्छिक लक्ष्य पूरा गर्न अवसर सिर्जना गर्नु नै महिलाको नेतृत्व विकासको आयाम हो ।

 

लामो संक्रमणकालको अन्त्यपछि नागरिकले अपेक्षा गरेको जीवनस्तर बदल्ने र आर्थिक विकास गर्ने विषयलाई राज्यको तीन तहको पुनर्संरचना सँगै सम्बोधन गर्नु आवश्यक छ । समाजका सबै संघसस्था, गैरसरकारी संस्था, सरकारी संस्थासँग साझेदारी गर्दै सहकारी अभियानले महिलाको नेतृत्व विकासको अहम् अवसर सिर्जना गर्ने, ठूलो मात्रामा रोजगारी र स्वरोजगारको सिर्जना गरेको विषयलाई अझ विस्तार विकास गर्नु पर्दछ ।

 

सहभागिताको तहमा सहकारी क्षेत्रमा महिला कर्मचारीको सहभागिता संख्यात्मक रूपमा अत्यन्त प्रभावकारी देखिएको छ । महिला कर्मचारीको यो संख्यालाई गुणात्मक रूपमा विस्तार गरी बाहिरी गतिविधिमा सहभागिता, आधारभूत तलब, कार्यथलोमा महिला मैत्री व्यवस्थापन, व्यवस्थापन र उच्चतहमा महिलाको सहभागिताको अभाव, नीति निर्माणमा असंंग्लनता, महिला सहकारीको स्थायित्व र महिलाको नेतृत्व विकासका लागि सहकारीका अभियन्ता र महिला कर्मचारीलाई  लागि उत्पादन र सेवाको व्यवस्थापन, ऋण विश्लेषण, ऋण प्रवाह, ऋण असुली, भाखा नाघेको ऋण नियन्त्रण, मानव संसाधन व्यवस्थापन, सुशासन, बचत सुरक्षा र परिवर्तित व्यवस्थापनको विषयमा नेतृत्वदायी क्षमताको विकास गर्नुपर्दछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर