मलेसियामा सहकारी बैंकको टोली


ललितपुर । आईसिए एपी र आईसिए कमिटी अन कन्जुमर कोअपरेटिभको संयुक्त आयोजनामा २३ अप्रिल देखि २६ अप्रिलसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने एसडिजी १२ रेस्पोन्सियल कन्जप्सन एण्ड प्रोडक्सन सेमिनारमा मा राष्ट्रिय सहकारी बैंकले सहभागिता जनाउने भएको छ ।

 

बैंक टोलीले उक्त कार्यक्रममा कृषि संरक्षण र विकास, कृषि विकासमा सहकारीको भूमिका, पर्यावरण संरक्षण र ग्रामीण क्षेत्रमा रहेका सहकारीका सदस्यहरुलाई कृषिप्रतिको जागरुकता विकास गर्ने पद्दति, उत्पादनको गुणस्तर पत्ता लगाउने विधि एवम् उत्पादक सहकारी र उपभोक्ता सहकारी संस्थाहरूको उल्लेखित विषयहरुमा हुने भूमिकालगायतमा जानकारी हासिल गर्ने छन् ।

 

कार्यक्रममा बैंकको तर्फबाट लेखा समिति संयोजक कुलचन्द्र अधिकारी, संचालक रामहरी बजगाईं, जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष टेक प्रसाद चौलागाई र बैंकको लघु कर्जा उपसमितिका सदस्य एबं जिल्ला सहकारी संघ काठमाडौँका संचालक अमरावती बलामी उक्त कार्यक्रममा सहभागी हुन लाग्नुभएको छ ।

बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंक उच्च ब्यबस्थापनका कर्मचारीहरु सहित बैंकका प्रबन्ध संचालक केबी उप्रेती र सहायक महाप्रबन्धक हरिकृष्ण सापकोटाले शुभकामना व्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न